October 21, 2021, Thursday
४ कार्तिक २०७८, बिहीबार

युभेन्टसले जित्यो कोपा इटालियाको उपाधि

युभेन्टसले इटालियन कोपा इटालियाको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा खेलमा एट्लान्टामाथि २–१ को जित दर्ता गर्दै युभेन्टसले उपाधि उचालेको हो ।

अवे मैदानमा भएको खेलमा युभेन्टसका लागि ३१ औँ मिनेटमा कुलुसेभ्स्की र ७३ औँ मिनेटमा चिएसाले गोल गरेका हुन् ।

एट्लान्टाका लागि ४१ औँ मिनेटमा मालिनोभ्स्कीले एक गोल फर्काए । ८८ औँ मिनेटमा तोलोइ सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि एट्लान्टा १० खेलाडीमा सीमित भएको थियो ।