November 7, 2026, Saturday
२०८३ कार्तिक २१ शनिबार

चौथौं बुद्धभूमि डाबरा कपको उपाधी वाणगंगा–३ लाई

Advertisement

कपिलवस्तु–चौथौं बुद्धभूमि डाबरा कपको उपाधी कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर–३ टिमले हात पारेको छ ।

Advertisement

डाबरा युवा क्लबको आयोजनामा सञ्चालित उक्त प्रतियोगितामा वाणगंगा नगरपालिका वडा नं. ३ टिमले वाणगंगाकै लव नेपाल क्लब पिपरालाई सडन डेथमा पराजित गरेको हो ।

बिजयी टिम लव नेपाललाई ५–६ गोलको अन्तरले विजयी भएको हो । निर्धारित ९० मिनेटको खेलमा एक–एक गोलको बराबरीमा रहेको दुबै टोली पेनाल्टी सुटआउटमापनि बराबरी भएको थियो । सडन डेथमा गएर ३ नम्बर टिम विजयी भएको थियो ।

विजयी टोलीलाई ग्लोबल डेरी प्रालिका अध्यक्ष तथा नेपाल डेरी एशोसियसन लुम्बिनी प्रदेश अध्यक्ष थानेश्वर न्यौपानेले १ लाख १ हजार १ सय ११ रुपैया“ नगद पुरस्कार सहितको पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

उपविजेता लव नेपाल क्लबले ५१ हजार १ सय ११ रुपैयाँ नगद सहितको पुरस्कार तथा प्रमाणपत्र प्राप्त गर्यो । प्रतियोगिताको फाईनल खेलका म्यान अफ द म्याच वाणगंगा नगरपालिका बिजयी टिमका गोलकिपर निशान राना भएका थिए ।

प्रतियोगिताका उत्कृष्ट खेलाडी लव नेपाल क्लबका अनुज गैरे र बिजयी टिमका उत्कृष्ट डिफेन्डर सुमित मल्ल र बेष्ट स्कोरर (बढी गोल गर्ने) सन्जु सेनपनि पुरस्कृत भएका थिए ।

असोज १३ देखि २५ गतेसम्म सञ्चालित खुला नक आउट उक्त प्रतियोगितामा कपिलवस्तुको वाणगंगा, शिवराज र बुद्धभूमि नगरपालिका, शुद्धोधन गाउपालिका, रुपन्देहीको सैनामैना नगरपालिका र बुटवल उपमहानगरपालिकाका १६ वटा टिमको सहभागीता थियो । प्रतियोगितालाई ग्लोबल डेरी प्रालिले मुख्य प्रायोजन गरेको थियो ।