April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

राशिफल : कस्तो रहने छ आज तपाईंको भाग्य ?

वि.सं.२०७८ साल असोज ०५ गते । मंगलबार । ईश्वी सन् २०२१ सेप्टेम्बर २१ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि– प्रतिपदा, रातको ०५ बजेर १३ मिनेट उप्रान्त द्घितीया । नक्षत्र–उत्तराभाद्रपदा, रातको ०५ बजेर ४२ मिनेट उप्रान्त रेवती । योग– गंड, बेलुकी ०४ बजेर ०८ मिनेट उप्रान्त वृद्धि । करण–बालव, बेलुकी ०५ बजेर ०० मिनेट उप्रान्त कौलव, रातको ०५ बजेर १३ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–सिद्धि योग । 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कर्म प्राप्तिको निम्ति लामो दुरीको विदेश यात्रा हुने योग रहेको छ । पढाइ लेखाइमा सुधार हुँदै जानेछ । 
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आउने आम्दानीले उत्साह जगाउनेछ ।  माया प्रेममा नजिक हुन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । व्यापार व्यवसायमा नाफा कमाउन निकै नै समय दिनु पर्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अध्ययनमा प्रगति भएर जानेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । 

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वास्थ्य सबल हुनाले उपलब्धिमूलक कामहरू गरेर दैनिक जीवन फेरिनेछ । अध्ययन अध्यापनमा प्रगति गर्न सकिनेछ । 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) यात्रा गर्दा ख्याल गर्नुहोला झन्झटिलो तथा कष्टपूर्ण हुनसक्छ । स्वास्थ्यसम्बन्धी समस्याले सताउने हुँदा उपचार खर्च बढ्न सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेको छ । अध्ययन अध्यापनमा मन नजाँदा अरूभन्दा पछि परिनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) माया प्रेमका कोपिलाहरू फक्रिएर जानेछन् । व्यापार व्यवसाय फस्टाएर जानेछ ।
 
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आमा वा अग्रजको सुझावलाई मनन गर्दै अगाडी बढ्दा गन्तव्य पहिल्याउन सहज हुनेछ । घर जग्गा तथा सवारी साधनको खरिद बिक्रीबाट मनग्गे धन लाभ हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) उद्योग तथा व्यापार व्यवसायमा ध्यान नदिँदा घाटा सहनुपर्ला । दाजुभाइ तथा छिमेकीको साथ नपाइने हुँदा मन खिन्न रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  बोलीको प्रभाव बढ्ने हुँदा बोलीकै भरमा कामहरू हुनेछन् । माया प्रेममा सामीप्य बढेर जानेछ ।  

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाइ लेखाइमा मन जानाले भनेजस्तो नतिजा ल्याउन सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगति हुने योग रहेको छ ।

Advertisement