March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

तपाईंको आजको राशिफल हेर्नुहोस्

वि.सं.२०७८ साल भदौ ३० गते । बुधवार । ईश्वी सन् २०२१ सेप्टेम्बर १५ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–नवमी, दिउसो १२ बजेर २९ मिनेट उप्रान्त दशमी । नक्षत्र– मूल, बिहान ०८ बजेर १२ मिनेट उप्रान्त पूर्षाषाढा । योग– आयुष्मान, बिहान ०६ बजेर ३४ मिनेट उप्रान्त सौभाग्य । करण– कौलव, दिउसो १२ बजेर २९ मिनेट उप्रान्त तैतिल,बेलुकी ११ बजेर २३ मिनेट उप्रान्त गर ।  आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–धनु । 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) धर्म,संस्कृति तथा आफ्नो रीतिरिवाजको जगेर्ना गर्ने काममा समय खर्चनु पर्नेछ । पढाइ लेखाइमा फड्को मार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । 

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बैङ्क तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट प्रशस्त आम्दानी गर्न सकिनेछ भने शेयर बजारमा लगानी गर्न सके मनग्गे लाभ लिन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) जीवन साथीको सहयोगले नाफामूलक व्यवसाय सुरु गर्न सकिनेछ भने लामो दूरीको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नोकरीमा प्रतिस्पर्धीहरुलाई हराउँदै अगाडी बढ्न सकिनेछ । शत्रुता राख्नेहरू आफै साइड लाग्नेछन् । 

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आकस्मिक धन तथा सम्पत्ति लाभ हुने समय रहेको छ । माया प्रेममा नजिक हुने समय रहेको छ भने आत्मीय मित्रको साथ रहने हुनाले महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ । 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) राजनीति तथा सामाजिक कामहरूमा समय खर्चिनेहरूले समयमा सर्वसाधारणको काम गर्न सक्दा पद प्रतिष्ठा प्राप्त हुने योग रहेको छ । साथीहरूको सहयोगले उपलब्धि मूलक काम गर्ने अवसर प्राप्त हुनेछ । 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) दाजुभाइ तथा छिमेकीबाट सहयोग तथा उपहार प्राप्तिको योग रहेको छ । खोज तथा अनुसन्धानको क्षेत्रबाट सकारात्मक नतिजा निकाल्न प्रशस्त समय खर्चनु पर्नेछ । 

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)  व्यापार व्यवसाय फस्टाएर जानेछ भने होटल तथा रेष्टुराँमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै मनग्गे आम्दानी गर्न सकिनेछ ।  

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) प्रतिष्ठित काम गर्ने अवसर आउनेछ भने विशिष्ट व्यक्तिहरु नजिकिने छन् । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय प्रतिकूल बन्नेछ भने यही बेलामा आय आम्दानीका बाटाहरू साँघुरा हुनेछन् । प्रेम प्रशङ्गमा चिसोपनले जरा गाड्नेछ ख्याल गर्नुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  विद्यामा राम्रो प्रगति हुनाले पढाइ लेखाइमा मन जानेछ । विभिन्न अवसरहरूले पछ्याउने हुँदा राम्रा परिणाममुखी काम गर्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) लामो समयदेखि रोकिएर बसेका कामहरू बन्नेछन् । नयाँ काम पाउने तथा नोकरीका बढोत्तरीको गतिलो योग रहेको छ । लगनशील तथा ईमान्दारीताले समाजका मान सम्मानमा वृद्धि भएर जानेछ ।

Advertisement