March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

राशिफल : कुन राशिका लागि आज शुभ ?

वि.सं.२०७८ साल भदौ २१ गते । सोमबार । ईश्वी सन् २०२१ सेप्टेम्बर ०६ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–चतुर्दशी, बिहान ०६ बजेर ५६ मिनेट उप्रान्त औशी । नक्षत्र– मघा, बेलुकी ०६ बजेर ४९ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग– शिब, बिहान ०८ बजेर २५ मिनेट उप्रान्त सिद्ध । करण– शकुनि, बिहान ०६ बजेर ५६ मिनेट उप्रान्त चतुष्पद, बेलुकी ०६ बजेर ४४ मिनेट उप्रान्त नाग ।  आनन्दादिमा–ध्वांक्ष योग । चन्द्रराशि–सिंह । 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखाइमा मिहिनेत गरे अनुसार नतिजा नआउने हुनाले मन चिन्तित हुनेछ । व्यापार व्यवसायमा नाफा कमाउन प्रशस्त समय खर्चिनु पर्नेछ । 

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आमा तथा आमा सरहका मानिससँग विवाद बढ्ने योग रहेको छ । सामान्य छाती सम्बन्धी समस्या आउन सक्छ ख्याल गर्नुहोला ।
 
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्त तथा दाजुभाइको सहयोगले राम्रा काम गर्न सकिनेछ । पराक्रम बढेर जाने हुनाले साहसिलो काम गर्न जागर आउनेछ । 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला बोलीको गलत अर्थ लाग्नसक्छ । माया प्रेममा सानो कुराले मनमुटाब सिर्जना हुन सक्छ । 

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)  माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ ।  बिहानको समय मध्यम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) न्यून पारिश्रमिकमा दिनभर काममा व्यस्त हुनुपर्दा मन खिन्न हुनेछ । आर्थिक अभावले महत्त्वपूर्ण कामहरू थाती रहनेछन् । 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) भौतिक सम्पत्ति तथा प्राकृतिक स्रोतको परिचालन मार्फत मनग्गे आम्दानी गर्न सकिनेछ । शिक्षा क्षेत्रमा गरिएको लगानी  फस्टाएर जानेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)  गीत सङ्गीत क्षेत्रमा रुचि बढ्ने हुँदा केही समय रमाइलो तिर पनि समय खर्च हुनेछ । समयको गतिसँगै अगाडी बढ्न सकिने हुनाले आर्थिक रूपमा सम्पन्न हुन सकिनेछ । 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) काम गर्दा ख्याल गर्नुहोला काममा सपोर्ट गर्नेभन्दा फसाउने मानिसहरू हाबी हुनेछन् । माया प्रेममा अरूकै नकारात्मक टिप्पणीले गर्दा मनमुटाब बढ्नेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सानातिना घरेलु समस्याहरूले सताउनेछ भने सानो काम सम्पादन गर्न पनि दिनभर समय लाग्नेछ । समयले साथ नदिँदा हुनै लागेको कामहरू बिग्रने तथा अरूकै पोल्टोमा जानेछन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  व्यापार व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । विद्यार्थीहरूले अध्ययनमा सफलता पाउनेछन् भने गुरुहरूको राम्रो सहयोग पाइने हुँदा गन्तव्य पहिल्याउन सहज हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पुराना समस्याहरू सल्टाउन सकिने तथा नयाँ कामको थालनी गर्न सकिनेछ । प्रेममा सामीप्य बढेर जाने तथा उपहार प्राप्तिको गतिलो योग रहेको छ ।

Advertisement