October 15, 2021, Friday
२९ आश्विन २०७८, शुक्रबार

राशिफल : कस्तो छ आज तपाईंको भाग्यफल ?

वि.सं.२०७८ साल भदौ ०४ गते । शुक्रबार । ईश्वी सन् २०२१ अगष्ट २० तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– त्रयोदशी, बेलुकी ०७ बजेर ५५ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र– उत्तराषाढा, बेलुकी ०९ बजेर ३७ मिनेट उप्रान्त श्रवण । योग–आयुष्मान, बेलुकी ०४ बजेर ३८ मिनेट उप्रान्त सौभाग्य । करण– कौलव,बिहान ०८ बजेर ५० मिनेट उप्रान्त तैतिल, बेलुकी ०७ बजेर ५५ मिनेट उप्रान्त गर । आनन्दादिमा–आनन्द योग । 

 मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रै आम्दानी हुनेछ । वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) भाग्यले साथ दिने हुनाले व्यापार व्यवसायमा थोरै समय लगानी  गर्दा पनि प्रशस्त आम्दानी गर्न सकिनेछ । लामो दुरीको अध्ययन यात्रा हुनेछ भने धार्मिक स्थल तथा मन्दिर तिर गई मनलाई शान्त पार्न सकिनेछ । 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मान तथा सम्मानमा दाग लाग्न सक्छ, काम गर्दा ध्यान लिनुहोला ।  पढाइ लेखाइमा अरूभन्दा पछि परेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुख दिनेहरू सक्रिय हुनेछन् ।
 
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)  इमान्दारिता पूर्वक गरिएको प्रयत्नले लक्ष्य पहिल्याउन सहज हुनेछ । साङ्गठनिक टिम निर्माण गरी काम गर्दा भनेजस्तो आम्दानी गर्न सकिनेछ भने विभिन्न भौतिक सम्पत्तिहरू जोड्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) प्रतिस्पर्धामा तपार्ईँकै जित हुनेछ भने सहयोगीको साथ पाइने हुनाले नयाँ प्रकृतिको काम गरी मनग्गे धन तथा सम्पत्ति आर्जन गर्न सकिनेछ । आफन्त तथा मावलीको साथ पाइने हुनाले दैनिकी थप सहज हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) भौतिक वस्तुहरुको प्रयोग गर्न पाइने तथा आकस्मिक धन सम्पत्ति प्राप्त हुने हुँदा सुख सागरमा रमाउने समय रहेको छ । छुट्टिएका माया प्रेमहरू पुनः जोडिने अधिक सम्भावना रहेको छ भने नयाँ प्रेम प्रस्ताव आउनेछ । 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)  राजनीति तथा समाजसेवामा अलि बढी गम्भीरता अपनाउनु होला आलोचना गर्नेहरू सक्रिय रहनेछन् । प्रेममा अविश्वास बढ्ने योग रहेको छ । 

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्त तथा शुभचिन्तकहरूको सहयोग तथा समर्थन पाइने ग्रह योग रहेको छ । दाजुभाईहरूसँगको सम्बन्धमा नयाँ पनको विकास हुनेछ । 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  कुटुम्बसँगको सम्बन्ध थप सुमधुर भएर जानेछ । अध्ययन तथा अध्यापनमा मन जानेछ भने प्रतिस्पर्धीहरुलाई सजिलै हराई नतिजा जित्न सकिनेछ । 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफूतिर ल्याउन सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक व्यवस्थापन सुदृढ हुनेछ । 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पढाइ लेखाइमा मनजाने हुनाले अन्य दिनभन्दा सुधार भएर जानेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागि भने समय मध्यम रहेको छ । 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पैतृक धन तथा सम्पत्ति हात लागी हुने योग रहेको छ । शिक्षा भनेजस्तो गतिमा लान सकिनेछ भने प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै आफ्नै पोल्टोमा नतिजा ल्याउन सकिनेछ ।