March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

सोमबार कुन राशिका लागि शुभ ?

विसं २०७८ साल जेठ १० गते सोमबार । इस्वी सन् २०२१ मे २४ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । वैशाख शुक्लपक्ष । तिथि–त्रयोदशी, ४२ घडी ४८ पला,  बेलुकी १० बजेर २० मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–चित्रा, ०६ घडी ०५ पला,  बिहान ०७ बजेर ३९ मिनेट उप्रान्त स्वाती । योग– व्यातिपात,  १० घडी ५० पला,  बिहान ०९ बजेर ३३ मिनेट उप्रान्त वरियान । करण–कौलव,  बिहान ११ बजेर ३० मिनेट उप्रान्त तैतिल, बेलुकी १० बजेर २० मिनेट उप्रान्त गर । आनन्दादिमा–मुद्गर योग । चन्द्रराशि–तुला ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दाम्पत्य जीवनमा एकअर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा समृद्ध बनाउन सकिनेछ । पढाइलेखाइमा थोरै समय दिए पनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरीरमा एक किसिमको जोस जाँगर आउनेछ । मायाप्रेममा नजिकिने समय रहेको छ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

Advertisement

बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो)
पढाइलेखाइमा प्रतिस्पर्धीहरूलार्ई हराउँदै नतिजा तपाईं आफ्नै पोल्टोमा पार्न सकिनेछ । शत्रु परास्त हुनेछन् भने तपाईंको खैरो खन्नेहरू आफै साइड लाग्नेछन् । विवादित विषयहरूको निर्णय तपाईं आफ्नै पक्षमा आउने हुनाले खुसीले उचाइ नाघ्नेछ । पुराना सापटी तथा लेनदेनका मुद्दाहरू सल्टाउन सकिने हुँदा मन प्रसन्न रहनेछ । माया गरेको मानिसबाट उपहार प्राप्तिको योग रहेको छ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)
अध्ययनमा मन जाने तथा ध्यान केन्द्रित हुनाले आफूले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ । आफन्त तथा गुरुजनहरूको सुझावलाई शिरोधार्य गर्दै अगाडि बढ्न सकिनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पत्ति पाउने योग रहेको छ भने प्रेममा सामीप्यता बढेर जानेछ । सन्तान, छोराछोरी तथा आफन्तसँग रमाइलो यात्राको तय गर्न सकिनेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
राजनीति तथा समाज सेवामा जनताको काम गर्न हर कोसिस गर्दागर्दै नसकिने हुँदा आलोचनाको शिकार हुने योग रहेको छ । सामाजिक मान सम्मानमा आघात पुग्ने योग छ । घरपरिवारबाट टाडा हुनुपर्दा नरमाइलो लाग्नेछ । पढाइलेखाइमा मन नजाँदा वा घर बस्न मन नलाग्दा अरूभन्दा पछि परिनेछ । आमा वा घरपरिवारका आफूले मान्नुपर्ने मानिसहरूको सल्लाह तथा सुझावलाई शिरोधार्य गर्दै अगाडि बढ्नुहोला । प्रेममा सामान्य खटपट हुने योग छ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउँनेछ । सानो प्रयत्नले राम्रो काम गरी फइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । दाजुभाइ तथा छिमेकीसँगको सम्बन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाइलो यात्रा हुन सक्छ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ । लेखन कला तथा साहित्य जस्ता क्षेत्रमा झुकाव बढ्नेछ ।
 
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
आफ्ना समस्याहरू परिवार तथा आफन्तले बुझ्ने हुँदा काम गर्न सहज हुनेछ । थोरै बोलेर मनग्य धनआर्जन गर्न सकिनेछ भने बोलीको प्रभाव बढ्ने हुँदा महत्त्वपूर्ण निर्णयहरू गर्न सकिनेछ । माया प्रेममा विश्वास बढ्नेछ भने जीवन साथीको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ । विद्यार्थीहरूले थोरै समय दिँदा पनि उत्कृष्ट नतिजा ल्याउन सक्नेछन् ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलार्ई किनारा लगाउँदै नतिजा आफूतिर ल्याउन सकिनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ । सुन्दर तथा विलासी वस्तुहरूको प्रयोगमार्फत अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु)
आफन्त तथा परिवारकै सदस्यहरूबाट सहयोग नपाइने हुँदा काम थाँती रहनेछ । मायाप्रेममा अरूकै नकारात्मक टीकाटिप्पणीले मनमुटाव बढ्ने योग रहेको छ भने पतिपत्नीबीच अविश्वास बढ्ने योग रहेको छ । खानपानमा ध्यान दिनुहोला, समान्य स्वास्थ्यसम्बन्धी समस्या आउनेछ । लामो दूरीको विदेश यात्राको तय हुनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
पढाइलेखाइमा राम्रो प्रगति गरी नाम कमाउन सकिनेछ भने बैङ्किङ क्षेत्रको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग तथा परिचालनमार्फत नयाँ काम गर्न सकिनेछ । दाजुभाइको सहयोग हुने हुँदा मन प्रसन्न रहनेछ । मायाप्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी)
पढाइ लेखाइमा अरूभन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ भने घरपरिवार तथा आफन्तबाट भनेजस्तो सहयोग पाइने छ । पैत्रिक धनसम्पत्तिको प्रयोग गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरू जनमानसमा लैजान सकिनेछ ।
 
कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा)
आफूले पाएको अधिकारलाई भरपूर प्रयोग गरी उपलब्धिमूलक काम गर्न सकिनेछ । आफ्नो संस्कार तथा रीतिरिवाजमा जोगाउन समय लगानी गर्नुपर्ने हुन सक्छ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने दाम्पत्य जीवन खुसी रहनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
मायाप्रेम तथा पतिपत्नीबीच केही विषयमा मनमुटाव बढ्नेछ । विद्या तथा प्रतिस्पर्धामा अरूभन्दा पछि परेको भान हुनेछ । धनमाल हराउन तथा लुटिन सक्छ, सजक रहनुहोला । व्यापार व्यावसायमा नाफा कमाउन बढी नै सङ्घर्ष गर्नुपर्नेछ । कामका सवालमा उठ्ने गोप्यकुरा बाहिर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ । दिदीबहिनीसँग मनमुटाव बढ्नेछ भने समयमा काम नसकिने हुँदा मानसिक चिन्ता बढ्नेछ ।

तपाईंको दिन शुभ रहोस् ।