November 7, 2026, Saturday
२०८३ कार्तिक २१ शनिबार

काँग्रेस महामन्त्री भन्छन्- सरकारले प्रतिपक्षी, संसद्, जनता र सञ्चारलाई हेपेर ज्यादती बढायो

Advertisement

भैरहवा– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारले प्रतिपक्षी, संसद्, जनता र सञ्चार जगत्‌लाई हेपेर ज्यादती बढाएको आरोप लगाएका छन्।

Advertisement

सोमबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकमा आफ्नो धारणा राख्दै उनले सरकार पूर्ण रूपमा स्वेच्छाचारी बन्दै गएको दाबी गरे ।

सरकारले संविधान र कानुनको ठाडो बेवास्ता गरिरहेको उल्लेख गर्दै महामन्त्री पौडेलले कानुनी व्यवस्थालाई कमजोर बनाएर सत्ताको चरम दुरुपयोग भइरहेको बताए। बैठकमा उनको भनाइ उद्धृत गर्दै एक सांसदले भने, ‘सरकार स्वेच्छाचारी भयो। संविधान र कानुनको बेवास्ता गरियो। कानुनी व्यवस्थालाई कमजोर बनाउँदै सत्ताको दुरुपयोग गरियो। राज्यका संवैधानिक अंगहरूलाई समेत कमजोर बनाउने काम भएको छ।’

सरकारका गलत कदमविरुद्ध संसद्मा सशक्त आवाज उठाउनुपर्ने बताउँदै उनले अन्य प्रतिपक्षी दलहरूसँग पनि सहकार्य गरेर अघि बढ्नुपर्ने खाँचो औंल्याए। त्यसका लागि तत्काल प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आह्वान गर्न कांग्रेसले माग गर्नुपर्ने उनको धारणा थियो।

अदालतमा विचौलियासँग न्यायाधीश, सरकार प्रमुख र प्रहरी नेतृत्व मुछिएको ‘सेटिङ प्रकरण’ निष्पक्ष छानबिन हुनुपर्ने बताए ।

उनले उच्चस्तरीय संसदीय समिति गठनको माग गरे। सरकार आफैंले यसबारे निष्पक्ष छानबिन गर्नेमा विश्वास नरहेको उनको भनाइ थियो।