नेशनल भोलेन्टियर फोर्सले एमालेप्रति विमति राख्नेहरुको पनि सुरक्षा गर्छः ओली


नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले घोषणा गरेको नेशनल भोलेन्टियर फोर्सले एमालेप्रति विमति राख्नेहरुको पनि सुरक्षा गर्ने बताएका छन्।
शुक्रबार काठमाडौँमा भोलेन्टियर फोर्सको घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। राज्यका संयन्त्रले मात्रै मुलुक र जनताको जीउधनको सुरक्षा गर्न नसक्ने कुरा जेनजी आन्दोलनको क्रममा भोग्नु परेकोले देश र जनताको सुरक्षाका लागि आवश्यक कदम चाल्नुपरेको बताए।
उनले भने, ‘राज्यको संयन्त्रले मात्रै राज्यको, जनताको जिउधनको, राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न नसक्ने भएपछि त्यसको सुरक्षाका लागि यसको स्थापना गरिएको हो।’








प्रतिकृया दिनुहोस्