शुद्धोधनमा क्यान्सर सचेतना र पौष्टिक आहार वितरण
![](https://publickura.com/wp-content/uploads/2021/11/lumbini-bikash.gif)
![](https://publickura.com/wp-content/uploads/2021/09/cancer--1024x582.jpg)
भैरहवा – रुपन्देहीको शुद्धोधन गाउँपालिकाको खड्गवनगाईमा बालबालिकामा हुन सक्ने क्यान्सर रोगसम्बन्धी सचेतना र पौष्टिक आहार वितरण कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ बुटवल पारिजातको आयोजना तथा लायन्स क्लब अफ बुटवल देउराली र लायन्स क्लब अफ बुटवल कालिकाको सहआयोजनामा भएको कार्यक्रममा ७० जना बालबालिकाको स्वास्थ्य परीक्षण गरी परामर्श दिइएको छ । साथै विपन्न वर्गका बालबालिकालाई पौष्टिक आहार पनि वितरण गरिएको छ ।
कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बी २ नेपालका पूर्व गभर्नर महेन्द्रनारायण श्रेष्ठ, शुद्धोधन गाउँपालिका उपाध्यक्ष शान्ति कुमारी ज्ञवाली, वडा नम्बर २ का अध्यक्ष विष्णुप्रसाद बस्याल, लायन्स क्लबका डिस्ट्रिक्ट चिफ एड्भाइजर उमंग देवकोटा, लायन्स क्लब अफ बुटवल देउरालीका अध्यक्ष ज्ञानप्रसाद पौडेलले सामाजिक सेवा र स्वास्थ्य क्षेत्रमा लायन्स क्लबहरुले योगदान गरेको भन्दै यसबाट लाभ लिनुपर्ने धारणा गरेका थिए ।
लायन्स क्लब अफ बुटवल पारिजातकी अध्यक्ष मधुकला कुंवरको अध्यक्षता, रिता भट्टराईको संचालन, कल्पना वस्नेत थापाको स्वागत र लायन्स क्लब अफ बुटवल देउरालीका प्रथम उपाध्यक्ष रमेश पान्डेको धन्यवाद ज्ञापनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिकृया दिनुहोस्