लोकतान्त्रिक शैक्षिक परामर्श संघको लुम्बिनी प्रदेशमा पौडेल


बुटवल – लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ सदस्यीय तदर्थ समिति गठन भएको छ । नेपाली काँग्रेसमा आस्थावान रहेका शैक्षिक परामर्श व्यवसायीहरुको भदौ, ९ गते बुटवलमा वसेको भेलाले सो निर्णय गरेको नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य तथा ब्लुस्काई एजुकेशन बुटवलका प्रमुख टंक पाण्डेले जानकारी दिए ।
समितिको सह–संयोजकमा गोविन्द बस्नेत, सदस्यहरुमा चन्द्रमणि (सी.एम.) पन्थ, नारायण प्रसाद आचार्य, राजेश पाण्डे, बासु न्यौपाने, दिपक खरेल, हिमाल जिसी, राजेन्द्र श्रेष्ठ, यादवप्रसाद बस्याल, ओम प्रकाश श्रेष्ठ, अशोक गौतम, अन्जु ज्ञवाली, आशिष भण्डारी, बसन्त मान जोशी, इश्वोर भट्टराई र विज्ञान आचार्य छन् ।
शैक्षिक परामर्श व्यवसायीहरुको एकता तथा शैक्षिक परामर्श संस्थाहरुलाई एकतावद्घ गराउने उद्देश्यका साथ लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेश गठन भएको फोर नेशन इन्टरनेशनलका प्रमुख पन्थले जानकारी दिए ।
अहिले गठन भएको तदर्थ समितिले भदौ महिना भित्र पहिलो अधिवेशन गराउने करियर प्लानिङ एजुकेशन नेटवर्कका निर्देशक तथा समिति सह–संयोज वस्नेतले बताए ।
प्रतिकृया दिनुहोस्