विकास र योजनाका खाकामात्रै होइन, जिम्मेवार र जवाफदेही जनप्रतिनिधि बन्ने दृढ अठोट पनि छ गौरब बोहरामा


भैरहवा– ४९ वर्षीय गौरव बोहरासँग भैरहवा लगायत रुपन्देही–३ नम्बर क्षेत्रको विकासका लागि पूर्वाधार र योजनाको फेहरिस्त सूचि त छन् नै, त्यो बाहेक जनताप्रति जिम्मेदार र जवाफदेही जनप्रतिनीधि बन्ने दृढ संकल्प पनि ।
दुई दशक लामो बिमान उडानको पेसालाई थाती राख्दै राजनीतिक उडानमा आइपुगेका बोहराले यस पटकको निर्बाचनमा राजनीतिक मैदानमा नयाँ अनुहारका साथ राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट रुपन्देही–३ मा उम्मेदवारी दिएका छन् ।
‘एउटा जनप्रतिनिधिले विकास निर्माणका कार्यदेखि, संसदमा जनपक्षीय नीति तथा कानुन निर्माण र जनताले महशुस गर्न सक्ने गरी सुशासन सम्बन्धि प्रभावकारी भूमिका निभाउनु त छ नै’, बोहराले भने, ‘यस वाहेक राजनीतिक नेतृत्व तथा पार्टीहरुमा मौलाएको बिकृति र बिसँगती बिरुद्ध सशक्त ढंगले अगाडि बढ्नु पर्ने आवश्यकता छ ।’
जनप्रतिनिधि तथा राजनीतिक नेतृत्व तह जनताप्रति जिम्मेवार र जवाफदेही बन्न नसक्नुको परिणाम नै राजनीतिक तहमा धेरै बिकृति र बिसँगती मौलाउन थालेको बुझाइ उनको छ । मतदातासँग घरदैलो तथा चुनावी प्रचारप्रसारका क्रममा आम जनताले नेतृत्व तहमाथि प्रश्नैप्रश्न उठाएको उनले बताए ।
‘चुनाव जित्न अनेक हतकण्डा अपनाउने, पुरा गर्नै नसक्ने खालका आश्वासन बाँड्ने, आफू स्वार्थका काम गर्ने, भ्रष्टाचारलाई प्रसय दिने र राजनीतिक भागबण्डामा लिप्त हुने लगायतका बिकृति नेतृत्व तहमा देखिएका हुन्’, बोहराले भने, ‘चुनाव जितेपछि जनताको माझमा मुख नै नदेखाउने प्रबृत्तिले जनतामा राजनीतिक नेतृत्वप्रति नैराश्यता जाग्न थाल्यो । यिनै तमाम बिकृति र बिसँगती बिरुद्ध मेरो उम्मेदवारी हो ।’
भैरहवालाई व्यवस्थित रुपमा आर्थिक र पर्यटकीय सहर बनाउनेदेखि रुपन्देही–३ मा रहेका सवै बस्तीमा समूचित ढंगले विकास निर्माण र भौतिक पूर्वाधारका सँरचना तयार पारी एउटा आधुनिक बृहत नगरमा परिणत गर्ने योजना उनका छन् ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल नियमित सञ्चालन हुनासाथ आर्थिक, पर्यटन लगायतका गतिबिधि बढ्ने र रुपन्देही–३ को समृद्धिको ढोका खुल्ने बताउँदै उनले सवैभन्दा पहिलो प्राथमिकताको बिषय रहेको बताए ।
यस बाहेक क्षेत्रमा शिक्षा, स्वास्थ्य, सडक, ढल, सिमा व्यवस्थापन, पूर्वाधार निर्माण, पर्यटन विकास, कृषिजन्य सामाग्रीको बजारीकरण, बिउमलको सहज उपलब्धता, फोहोरमैला प्रशोधन केन्द्र, युवा र महिला सशक्तिकरण लगायतका कार्यक्रम र योजनाका साथ मतदाता समक्ष पुगेका छन् ।
पर्यटकीय पूर्वाधार विकासमा राप्रपा उम्मेदवार गौरव बोहराको जोड
धनिराम चौधरीलाई पार्टी प्रवेश गराएपछि राप्रपा रूपन्देही–३ उत्साहित








प्रतिकृया दिनुहोस्