June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

कृषिको विकासले मात्रै समृद्धि हासिल हुन्छः एमाले उम्मेदवार न्यौपाने

Advertisement

ओमसतिया– नेकपा एमालेले मात्र देशको वर्तमान अवस्थाको निकास दिन सक्ने पार्टीका केन्द्रीय सचिव छविलाल विश्वकर्माले दावी गरेका छन् । नेकपा एमालेको बहुमतको सरकार विना देशले निकास पाउन नसक्ने बताउँदै देशको बर्तमान अवस्थाको निकासको लागि एमालेका उम्मेदवारले जित्न आवश्यक रहेकोमा उनले जोड दिए ।

Advertisement

प्रतिनिधि सभा निर्वाचन अन्तर्गत नेपाल कम्युनिष्ट पार्टी एमाले ओमसतिया–१ को प्रचारप्रसार कार्यालय तथा घरदैलो अभियानको उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

पूर्व प्रतिनिधि सभा सदस्य समेत रहेनका नेता विश्वकर्माले नेकपा एमालेको नेतृत्वले क्षेत्रको विकासको लागि महत्वपूर्ण योजना अगाडि सारेको बताउँदै त्यसलाई पूर्णता दिनको लागि एमालेले जित्न आवश्यक रहेको बताए ।

नेता विश्वकर्माले एमालेको नेतृत्वले दशगंजादेखि पाल्पा जोड्ने गरी योजना अगाडि बढाएको जनाए । सोही अवसरमा बोल्दै नेकपा एमालेका प्रतिनिधि सभा उम्मेदवार दधिराम न्यौपानेले कृषिको विकासले मात्र देशलाई समृद्धि बनाउने बताए । उनले रुपन्देहीको क्षेत्र नम्बर १ मा कृषिको पचुर सम्भावना रहेको बताउँदै कृषिको माध्यमबाट क्षेत्रको मुहार फेर्ने प्रतिवद्धता व्यक्त गरे ।