रूपन्देही–३ का स्वतन्त्र उम्मेदवार साहले गरे एमाले उम्मेदवार घिमिरेलाई समर्थन


भैरहवा– स्वतन्त्र उम्मेदवार मोहम्मद मुर्तजा साहले नेकपा एमालेका उम्मेदवार बासुदेव घिमिरेलाई समर्थन गर्ने घोषणा गरेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार उनले यही क्षेत्रबाट एमाले उम्मेदवार बनेका घिमिरेलाई समर्थन गरेका हुन् ।
शंखे किरा चुनाव चिन्ह लिएर चुनावी अभियानमा रहेका साहले प्रेस विज्ञप्ति जारी गर्दै घिमिरेको नेतृत्वमा रुपन्देही क्षेत्र नं. ३ को समृद्धि सम्भव रहेको निष्कर्षमा पुगेको बताएका हुन् । विज्ञप्तिमा उनले तिलोत्तमा नगरपालिकाको प्रथम नगर प्रमुख तथा संघीय सांसदका रूपमा घिमिरेले निर्वाह गरेको भूमिकाबाट प्रभावित भएको उल्लेख गरेका छन् ।
उनले आफ्ना समर्थक र शुभेच्छुक मतदातालाई एमालेका उम्मेदवार घिमिरेलाई सूर्य चिन्हमा मतदान गर्न आह्वान गरेका छन् । साह सिद्धार्थनगर–११, रुपन्देही निवासी हुन् ।








प्रतिकृया दिनुहोस्