प्रहरी महानिरीक्षक कार्कीद्वारा अध्यक्षकोष स्थापना


भैरहवा–प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले गुल्मीको मालिका गाउँपालिका वडा नम्बर–७ घमिरस्थित देविस्थान माध्यामिक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।
आफूले बाल्यकालमा अध्ययन गरेको उक्त विद्यालयमा उनले विद्यालयको ५४ औं बार्षिक उत्सव तथा अभिभावक दिवशको अवसरमा अक्षयकोष स्थापना गरेका हुन् । आफ्नो स्वर्गिय बुवा कृष्णबहादुर कार्कीको नाममा उनले ५ लाख रुपैयाँको अध्यक्षकोष स्थापना गरेका छन् ।
स्व.कार्कीको पहलमा वि.सं. २०२८ सालमा स्थापना भएको उक्त बिद्यालयमा हाल कक्षा १२ सम्म अध्ययन अध्यापन हुने गरेको छ । बिद्यालयमा ५ सय भन्दा धेरै विद्यार्थी अध्ययनरत छन् ।
बिद्यालयमा अध्ययनरत दुईजना गरिब तथा जेहेन्दार विद्यार्थीलाई स्थापना गरिएको उक्त अक्षयकोषबाट प्राप्त ब्याजबाट बार्षिक रुपमा छात्रबृत्ति प्रदान गरिने बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोरखबहादुर अर्यालले बताए ।
विद्यालयलाई सूचना प्रविधिसँग जोड्नका लागि डिजिटल स्मार्ट बोर्ड महानिरीक्षक कार्कीले आफ्नी धर्मपत्नी तथा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीद्वारा हस्तान्तरण गरेको जानकारी विद्यालयका प्राध्यानापक बुढाथोकीले दिएका छन् । सूचना प्रविधिसँग जोड्दै विद्यार्थीलाई अध्ययनप्रति अभिरुची जगाउन महानिरीक्षक कार्कीले गरेको यो पहल प्रशंसनीय भएको विद्यालयका सूचना प्रबिधि शिक्षक बुद्धिनाथ पाण्डेले बताए ।








प्रतिकृया दिनुहोस्