June 6, 2026, Saturday
२०८३ जेष्ठ २४ आईतवार

चन्द्र भण्डारी भन्छन्– विशेष महाधिवेशनबाट संकल्प प्रस्ताव मात्रै पारित गर्नुपर्छ

Advertisement

नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले विशेष महाधिवेशनलाई नीति महाधिवेशन मात्रै बनाएर संकल्प प्रस्ताव मात्रै पास गर्नुपर्ने बताएका छन्।

Advertisement

शनिबार बत्तीस पुतलीमा पत्रकार सम्मेलन गरेर भण्डारीले विशेष महाधिवेशनलाई नीतिगत सम्मेलन बताउँदै संकल्प प्रस्ताव पास मात्रै गरेर जान विशेष महाधिवेशन पक्षधरलाई आग्रह गरेका हुन्।

‘विशेष महाधिवेशनको नाममा देशभरिबाट साथीहरू आउनुभएको छ। हामी आग्रह गर्छौं यसलाई नीतिगत सम्मेलन वा संकल्प प्रस्ताव पास गरेर जाऔँ । अबको चार महिना पछि नियमित महाधिवेशनमा आउने साथीहरूलाई खुराक दिएर उत्साहित बनाएर जाऔँ,’ भण्डारीले  भने ।

उनले कुनै पनि हालतमा पार्टी विभाजन हुन नहुने बताए । विशेष महाधिवेशनलाई सम्पूर्ण पार्टीको हो भन्ने बनाउनुपर्ने उनको भनाइ थियो ।