June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

रूपन्देही विद्युतीय ब्यबसायी संघको अध्यक्षमा सिंह

Advertisement

बुटवल– विद्युतीय सामाग्री ब्यबसायीको हकहित संरक्षण र पेशागत मर्यादा कायम गर्ने उद्देश्यले १५ वर्ष अघि स्थापना भएको रुपन्देही बिद्युतीय ब्यबसायी संघको १४ औं साधारण सभा तथा आठौं अधिबेशन बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा सहभागि बक्ताहरुले बिद्युतीय सामाग्री उद्योग तथा ब्यबसायमा उत्पन्न समस्या समाधानका लागि आवश्यक कदम चाल्न सरकारसँग आग्रह गर्दै अस्वस्थ प्रतिष्पर्धा, खुल्ला सिमाना र चोरीपैठारीबाट आउने भारतीय सामाग्री मुख्य समस्या रहेको बताएका छन् ।

Advertisement

कार्यक्रमको उद्घाटन गर्दै नेपाल बिद्युतीय ब्यबसायी महासंघका अध्यक्ष दीलीप कुमार अग्रवालले बिद्युतीय सामाग्रीको ब्यबसायलाई संस्थागत, मर्यादित, गुणस्तरिय र दिगो बनाउन सम्पूर्ण ब्यबसायीहरुको भूमिका महत्वपूर्ण हुने बताए । संघले ब्यबसायीहरुको हकहित संरक्षण र पेशागत इमान्दारितालाई आफ्नो मुख्य कार्ययोजना बनाएर अघि बढ्नुपर्ने कुरामा जोड दिँदै अध्यक्ष अग्रवालले यसका लागि सम्पूर्ण ब्यबसायीहरु एकताबद्ध हुनु आवश्यक रहेको पनि बताए ।

रुपन्देही बिद्युतीय ब्यबसायी संघका संस्थापक अध्यक्ष अनन्तमान थैवले गुणस्तरीय स्वदेशी सामाग्रीको उत्पादन तथा बिक्रीबितरणलाई प्राथमिकतामा राख्न जोड दिँदै गुणस्तरहीन बिद्युतीय सामाग्रीको आयातलाई प्रतिस्थापन गर्नु मुख्य चुनौती रहेको जनाए । बुटवल उद्योग बाणिज्य संघका महासचिव मुक्ति अधिकारीले राज्यको झण्झटिलो कर प्रणाली र ब्यापारी तर्साउने कर नितिलगायतका कारण ब्यबसायीहरु उत्साहित हुन नसकेको भन्दै चिन्ता ब्यक्त गरे ।

निवर्तमान अध्यक्ष रेश्म देवकोटाले अस्थिर राजनीतिका कारण उद्योग–व्यवसाय र समग्र देशनै समस्यामा पर्ने गरेको र राजनीतिक स्थिरता, पारदर्शिता, आपसी एकता जस्ता विषयमा महत्व दिन आवश्यक रहेको धारणा राखे । रुपन्देही बिद्युतीय ब्यबसायी संघका अध्यक्ष शान्ताराज खराल, पूर्व अध्यक्ष लोकनाथ पोखरेल, वरिष्ठ उपाध्यक्ष केशवकुमार सिंह, उपाध्यक्ष प्रकाशचन्द्र पाण्डे, महासचिव बिष्णुप्रसाद भण्डारी लगायतले बिद्युतीय सामाग्री ब्यबसाय क्षेत्रका समस्या र समाधानका उपायहरुबारे चर्चा गरेका थिए ।

अधिवेशनले केशव कुमार सिंह (सुजित)को अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा विष्णु भण्डारी, प्रथम उपाध्यक्षमा भिमलाल अधिकारी, द्वितीय उपाध्यक्षमा रमा क्षेत्री, महासचिवमा चिरञ्जिवी गैरे, कोषाध्यक्षमा गणेश पन्त, सचिवमा जीवनप्रसाद उपाध्याय, सहकोषाध्यक्षमा वसन्तदेव पौडेल, लेखा समितिको संयोजकमा अनिल सुजन कुंवर तथा सदस्यहरुमा विष्णुप्रसाद पाण्डे, उमाशंकर कुसाहा, अर्जुन भारती, विमल पौडेल, हुमनाथ पराजुली, मिलन अर्याल र विकास जिसी सर्वसम्मत निर्वाचित भएका छन् ।