June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

लोसपा नेपालको नगर कार्यसमिति पुनर्गठन

Advertisement

भैरहवा–लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सिद्धार्थनगर नगरपालिका नगर कार्यसमिति पुनर्गठन गरेको छ । पुनर्गठन कार्यक्रममा बोल्दै लोकतान्त्रिक समाजवादी पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष सन्तोष कुमार पाण्डेले देशलाई सक्षम र सचेत युवाको खाँचो रहेको उल्लेख गर्दै युवापुस्ताको सक्रिय सहभागिताका लागि कमिटी पुनर्गठन गरिएको बताए ।

Advertisement

बसिर मोहम्मद मुसलमानको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्य समितिको निर्बिरोध पुनर्गठन गरिएको छ । समितिको उपाध्यक्षमा सन्तोष वर्मा, मनिषा हरिजन र गणेश यादव रहेका छन् । सचिवमा सुनिल पाण्डे र मनोज यादव चयन भएका छन् । सह–सचिवमा गौतम हरिजन र सुनिल वर्मा तथा कोषाध्यक्षमा अजय वर्मालाई जिम्मेवारी दिइएको छ ।

अनिश समानी, दिलीप कोहार, ओमकार मौर्य, हरि प्रसाद मुराउ, रामप्रसाद गुप्ता, जमुना पाइजा, रजत कुमार बनियाँ, सुरज हलुवाई, सुदामा थारु, राजन कोहार, उमाशंकर धरिकार, पप्पु हलुवाई, वसिम खान सदस्य छन् ।

प्रेमकुमार शर्मा, मोहम्मद इद्रिस, शन्त प्रसाद कुर्मी, बेचन चाइ, निरज हरिजन र पंकज पाठक सदस्यमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी रुपन्देहीका जिल्ला अध्यक्ष रवि कुमार रौनियार जनाए ।
लोसपाका केन्द्रीय सदस्य हेमा बेलबासे, जिल्ला अध्यक्ष रौनियार, युवा नेता श्री निवास यादव र विजया खत्रीले पनि अ–आफ्नो धारणा व्यक्त गरेका थिए ।