June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

बाँकेमा थपिए २० नयाँ मतदान केन्द्र

Advertisement

बाँके– बाँकेमा २० वटा नयाँ मतदान केन्द्र थप भएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा थप मतदान केन्द्र थप्ने निर्णय गरिएको हो । यसअघि ३८० मतदान केन्द्र कायम भएकामा नयाँ २० मतदान केन्द्र थप भएपछि मतदान केन्द्र ४०० पुगेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

Advertisement

जिल्ला निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर शाहीले जिल्लामा कुल तीन लाख ४९ हजार ८४ जना मतदाता कायम भएको जानकारी दिँदै त्यसमध्ये १५ हजार १५० नयाँ मतदाता थपिएको बताए । उनका अनुसार जिल्लामा १३९ मतदानस्थल छन् । तीमध्ये एउटा मतदानस्थल नयाँ थपिएको छ ।

जिल्ला निर्वाचन अधिकारी शाहीले जिल्लामा मतदाता नामावलीमा दोहोरोरिएको नाम हटाएपछि नयाँ मतदाताको सङ्ख्या केही घटेको उल्लेख गर्दै अस्थायी मतदातको नामावली सङ्कलनलाई तीव्र बनाइएको जनाए । ६ हजारको हाराहारीमा बाँकेमा अस्थायी मतदाता रहेको अनुमान गरिएको छ । बाँकेमा तीन निर्वाचन क्षेत्र छन् ।