निर्वाचनभन्दा अर्को विकल्पतिर नसोचौंः प्रचण्ड


नेपाली कम्यनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले अब निर्वाचनबाहेक अन्य विकल्पहरू सोचियो भने देश फेरि अर्को दुर्घटनामा पर्नसक्ने बताएका छन्।
सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै राजनीतिक दलहरू निर्वाचनका लागि तयार भइसकेकाले अब निर्वाचनबाहेक अर्को विकल्प सोच्न नसकिने बताएका हुन्।
जेनजी आन्दोलनपछि संकटमा रहेको देशलाई सबै मिलेर निकास दिनुपर्ने उनको भनाइ छ। ‘सबैको सामुहिक प्रयासले नै संकटमा परेको राष्ट्रलाई निकास दिने, अराजकता, फैलिने हो की भन्ने सन्त्रास र आशंकाबाट देशलाई मुक्त गर्ने जिम्मेवारी हामी सबैको एकतामा छ’, प्रचण्डले भने।
निर्वाचनमार्फत नै देशमा राजनीतिक स्थिरता, स्थायित्वतर्फ र विकासको नयाँ प्रक्रियातिर लैजान सकिने उनको भनाइ छ।
उनले नयाँ युवाहरुले राजनीतिप्रति रुचि बढ्दै जानु सकारात्मक पक्ष भएको बताए।








प्रतिकृया दिनुहोस्