चिसो बढेपछि बाँकेमा बिद्यालय बन्द


भैरहवा–अत्याधिक चिसो बढेपछि बाँकेमा तीनवटा स्थानिय पालिकाले विद्यालय बन्द गरेका छन् । केही दिनदेखिको बाक्लो हुस्सुु, कुहिरो र शीतलहर सहितको चिसोले जनजीवन प्रभावित हुन थालेपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाले विद्यालय बिदा दिने निर्णय गरेका छन् ।
कोहलपुर नगरपालिकाको नगर शिक्षा शाखाले विद्यालयको पठनपाठन दुई दिन बन्द गर्ने निर्णय गरेको छ । तत्कालकालागि पुस ११ गते सम्मलाई कोहलपुर नगरभित्रका सामुदायिक तथा संस्थागत सबै विद्यालयमा पठनपाठन बन्द रहने उक्त शाखाले छ ।
खजुरा गाउँपालिका शिक्षा समितिलेपनि पुस ११ गतेसम्मलाई बिदा दिने निर्णय गरेको छ । यसबीच पुस १० गते ख्रिष्टमस र १२ गते शनिबार परेकाले दुई दिनको बिदाले चार दिनसम्म विद्यालय बन्द हुनेछन् ।
शीतलहरसँगै बढेको जाडोका कारण आवतजावतमा कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा पनि प्रतिकूल असर पर्न सक्ने कुरालाई ध्यानमा राखेर विद्यालय बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाका वरिष्ठ शिक्षा अधिकृत खगेन्द्र मल्लले बताए ।
नेपालगन्ज उपमहानगरपालिकाले भने पुस ११ गतेदेखि १४ गतेसम्म विद्यालय बिदा दिने निर्णय गरेको छ । अत्याधिक चिसो बढेकाले बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै विद्यालय बन्द गर्न बाँकेमा अभिभावकले माग गरेको जनाइएको छ ।








प्रतिकृया दिनुहोस्