June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

चितुवाको आक्रमणबाट महिलाको मृत्यु

Advertisement

भैरहवा–बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका–१० मा बुधबार दिउँसो चितुवाको आक्रमणमा परी ती महिलाको मृत्यु भएको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार थानफेना सामुदायिक वनमा स्याउला लिन गएकी ५५ वर्षीया पार्वती डाँगीलाई चितुवाले आक्रमण गरेको थियो ।

स्याउला काटिरहेका बेला चितुवाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी सरोज पौडेलले बताउँदै घटनाको पुष्टि गरेका छन् ।