June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

पत्रकार केसी सम्मानित

Advertisement

भैरहवा– पत्रकार नरेश केसी नगदसहित सम्मानित भएका छन् । होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन, रुपन्देहीको बाह्रौं साधारण सभा तथा सातौं अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको पदस्थापन समारोहका अवसरमा उनलाई सम्मान गरिएको हो ।

Advertisement

शनिबार भैरहवामा आयोजित कार्यक्रममा संगठनका गतिविधिलाई समाचारका माध्यमबाट अगाडि बढाउन योगदान गरेको भन्दै केसीलाई सम्मान पत्र र नगदसहित सम्मान गरिएको हो ।

केसी समता टेलिभिजनका प्रधान सम्पादक हुन् । उनी नेपाल पत्रकार महासंघ, रुपन्देहीका कोषाध्यक्ष छन् । लुम्बिनी प्रेस क्लब, रुपन्देहीका पूर्वअध्यक्ष समेत रहेका केसी करिब दुई दशकदेखि भैरहवालाई कर्मथलो बनाएर पत्रकारिता गर्दै आएका छन् । उनी विभिन्न समाजिक संघसंस्थामा समेत आबद्ध छन् ।