October 8, 2026, Thursday
२०८३ आश्विन २३ शुक्रबार

बहुबिवाह मुद्दामा कैद र जरिवाना तोकिएका दुईजना पक्राउ

Advertisement

भैरहवा– बहुविबाह गरेको आरोपमा रुपन्देही प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको शुद्धेधन गाउँपालिका–५, रेहराका जगदम्मा थारु र सोही ठाउँकी लक्ष्मी डंगोरिया भन्ने फूलकुमारी थारु छन् ।

Advertisement

उनीहरुलाई इलाका प्रहरी कार्यालय, छपिया, रुपन्देहीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरुविरुद्ध रुपन्देही जिल्ला अदालतको २०७७ माघ २० गतेको फैसला बमोजिम कैद तथा जरिवाना तोकिएको छ ।

जगदम्मालाई अदालतले १ वर्ष ६ कहिना कैद र ४ सय रुपैयाँ जरिवाना तोकेको थियो । यस्तै, फूलकुमारीलाई १ वर्ष ५ महिना ४ दिन कैद र ४ सय रुपैयाँ जरिवाना अदालतले तोकेको थियो ।

अदालतको फैसलापछि फरार भएका उनीहरुलाई पक्राउ गरी रुपन्देही जिल्ला अदालतमा कैद तथा जरिवाना भुक्तानको लागी पेश गरिएको प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिए ।