June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

जेनजीसँगको सहमति कार्यान्वयनमा गम्भीर हुनुपर्छः शर्मा

Advertisement

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार र जेनजी समूहबिच भएको सहमतिलाई स्वागत गर्दै यसको कार्यान्वयनमा गम्भीरता देखाउन सरकारलाई आग्रह गरेका छन्। उनले जेनजी आन्दोलनले स्थापित गरेको ‘सुशासनको सङ्कल्प र अठोट’ अब सबैको साझा जिम्मेवारी र कर्तव्य बन्नुपर्नेमा जोड दिएका हुन्।

Advertisement

शर्माले राजनीतिक दलहरूलाई लोकतन्त्रको मुख्य सारथि मान्दै सहमतिमा हस्ताक्षर गर्ने क्रममा सरकारले दलहरूलाई समेत अपनत्वमा गाँस्न नसकेकोमा भने असन्तुष्टि जनाएका छन्। उनले भविष्यका लागि सहमतिको भरपर्दो आधार बनाउन दलहरूको स्वामित्व आवश्यक रहेको बताएका छन्।

सहमति कार्यान्वयनको सन्दर्भमा महामन्त्री शर्माले फागुन २१ गतेको तोकिएको निर्वाचन मिति बाधक बन्न नहुने स्पष्ट पारेका छन्। यद्यपि, मुख्य प्रश्न समाधान र संविधान भएकाले जेनजी समूहहरूलाई अपनत्वमा जोड्न, विश्वसनीय चुनावी वातावरण बनाउन र हिमाली क्षेत्रलाई सहज बनाउनका लागि निर्वाचनलाई थोरै पर सारेर वैशाखमा पुर्‍याउनुपर्ने अवस्था आए त्यसलाई स्वाभाविक रूपमा स्वीकार गर्नुपर्ने उनको धारणा छ।

उनले सहमति र सहकार्यबाट आगामी यात्रालाई सहज बनाउनु सबैको साझा दायित्व भएको बताएका छन्।