सामूहिक खेल महोत्सव: चार विद्यालय सेमिफाइनलमा


भैरहवा– ‘सामूहिक खेलकुद महोत्सव–२०८२’ अन्तर्गत आइतबार भएको छात्रतर्फको क्रिकेट प्रतिष्पर्धामा आदर्श विद्या मन्दिर, मनकामना इङ्गलिस स्कूल, न्यु ईरा इङ्गलि स्कूल र लर्ड बुद्ध गौतम इङ्गलिस बोर्डिङ स्कुल सेमिफाइनलमा पुगेका छन् ।
सामूहिक विद्यालय परिवार, रुपन्देहीको आयोजनामा भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सामूहिक खेलकुद महोत्सव अन्तर्गत छात्रको क्रिकेट प्रतिष्पर्धा जारी छ । आदर्श बिद्या मन्दिर र संजीवनी शिक्षा सदन बिच भएको खेलमा बिजयका निम्ती पाएको ७५ रनको लक्ष्यलाई आदर्शले विना क्षती ८ विकेटले सहजै जीत हासिल गरेको थियो । आदर्शका सन्नी उप्रेती प्लेयर अफ द म्याच भए ।
मनकामना इङ्गलिस स्कूल र एभरेष्ट मोर्डन स्कूल बिच भएको प्रतिष्पर्धामा ८ विकेटले मनकामना बिजयी भएको छ । एभरेष्टले ७ विकेटको क्षतीमा ३५ रनमात्र बनाएको थियो । मनकामनाले २ दशमलव ३ ओभरमा ३६ रन बनाएको थियो । मनकामनाका साहिल बरइ प्लेयर अफ द म्याच भए ।
न्यु इरा इङ्गलिस स्कूल र नेपाल नालन्दा आवासीय उच्च मावि बिच भएको प्रतिष्पर्धामा ५ विकेटले न्यु र्इरा बिजयी भएको छ । नेपाल नालन्दाले ४ विकेटको क्षतीमा ६४ रन बनाएको थियो । प्रत्तिउत्तरमा न्यु र्इराले ३ विकेटको क्षतीमा ६५ रन बनाएको थियो ।
लर्ड बुद्ध गौतम इङ्गलिस बोर्डिङ स्कुल र स्पान्गल बोर्डिङ स्कूल बिच भएको अर्को प्रतिष्पर्धामा स्पान्गल ८ विकेटले बिजयी भएको छ । लर्ड बुद्धले ३ दशमलव ओभरमा ४४ रन मात्र बनाएको थियो । स्पान्गलका निरज कलवार प्लेयर अफ द म्याच भए ।
यस अघिको लिग चरणमा लर्ड बुद्ध गौतम इङ्गलिस बोर्डिङ स्कूल र श्री सतिया इङ्गलिस स्कुल बिच भएको प्रतिष्पर्धामा ३ विकेटले लर्ड बुद्ध विजयी भएको थियो । जीतका लागि पाएको ६३ रनको लक्ष्यलाई लर्ड बुद्धले ५ विकेटको क्षतीमा पुरा गरेको थियो ।
छात्रा तर्फको क्रिकेटको उपाधिका लागि सोमवार संजीवनी शिक्षा सदन र नेपाल नालन्दा आवासीय उच्च माविबिच प्रतिष्पर्धा हुँदैछ । भने, आदर्श बिद्या मन्दिर र न्यु इरा बिच पहिलो सेमिफाइनल र स्पान्गल र मनकामना बिच दोस्रो सेमिफाइनल हुने सामूहिक बिद्यालय परिवार रुपन्देहीका अध्यक्ष समसाद इद्रीसीले बताए ।








प्रतिकृया दिनुहोस्