June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

रास्वपाको समानुपातिक उमेदवार बन्न मोबाइल एपबाटै आवेदन दिन सकिने

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिकतर्फको उमेदवार हुन चाहनेले मोबाइल एपबाटै आवेदन दिन सक्ने भएका छन् । रास्वपाले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मोबाइल एपमार्फत नै उमेदवारी दिन सकिने गरी आवेदन खुला गरेको हो ।

Advertisement

रास्वपाले योग्यता पुगेका इच्छुक पार्टीका सदस्यहरूलाई रास्वपाको मोबाइल एपमार्फत अनलाइन आवेदन दिन आह्वान गरेको छ ।

पार्टीले उमेदवारी दिनका लागि मंसिर २५ गतेसम्मको समयसीमा तोकेको छ । उमेदवार छनोटको मापदण्ड तथा रूपरेखाबारे पार्टीको वेबसाइटमा राखिएको रास्वपाले जनाएको छ ।