November 7, 2026, Saturday
२०८३ कार्तिक २१ शनिबार

कपिलवस्तुमा बस र ट्रक ठोक्किँदा एकजनाको मृत्यु

Advertisement

भैरहवा– कपिलवस्तुमा बस र ट्रक ठोक्किँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–१, चोरखोलामा शुक्रबार बिहान उक्त दुर्घटना भएको हो ।

Advertisement

ना.६ प ३३३३ नम्बरको ट्रक र लु.प्र.०३ ००१ ख ००९९ नम्बरको बस ठोक्किँदा बस चालक ३४ वर्षीय सुमन खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि चन्द्रौटा लगिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।