October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

डिल्ली चौधरी सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन

दाङ– लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री एवं काँग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी सर्वसम्मत केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्। नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत दाङको क्षेत्र नं. ३ बाट उनी महाधिवेशन प्रतिनिधि चुनिएका हुन् ।

थारू क्लस्टरबाट उम्मेदवार बनेका युवाहरू यादव चौधरी र केशव चौधरीले उम्मेदवारी फिर्ता लिएपछि डिल्लीबहादुर सर्वसम्मत भएको दाङ क्षेत्र नं. ३ का निर्वाचन अधिकृत संजय केसीले बताए । गत १४औं महाधिवेशन वा त्यसभन्दा पहिलाका महाधिवेशनमा पनि उनी पार्टी भित्र कहिलै निर्वाचन लड्नु परेन। सधैँ सर्वसम्मत हुने नेतामा पर्छन् ।

Advertisement