October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

युवा उद्यमी मञ्च लुम्बिनीको अध्यक्षमा पाण्डे

Advertisement

भैरहवा– नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) लुम्बिनीको वार्षिक साधारणसभा तथा अधिवेशनबाट अध्यक्षमा विकास पाण्डे चयन भएका छन् । नयाँ कार्यसमितिको बोर्डमा आईपीपीका रूपमा राजन कसजु, लर्निङ चेयरमा विवेक कसौधन, ग्रोथ एन्ड एक्सपान्सन चेयरमा अभिनव थापा, फाइनान्स चेयरमा अभिषेक पाठक र मेम्बरसिप चेयरमा अनिश पाठक चयन भएका छन् ।

Advertisement

त्यसैगरी नेटवर्क एन्ड कम्युनिकेशन चेयरमा अर्जुन पाठक, स्टार्टअप चेयरमा अनमोल मित्तल तथा एक्जिक्युटिभ डाइरेक्टरमा रुस्तम कंडेल छन् । यस्तै, फाइनान्स को–चेयरमा आशिष घिमिरे र मेम्बरसिप को–चेयरमा अमृत भुसाल भएको निर्वाचन समितिले जनाएको छ ।

नवनिर्वाचित अध्यक्ष पाण्डेले आफ्नो कार्यकालमा सीएनआई इग्नाइट लाई सिग्नेचर प्रोजेक्टका रूपमा सञ्चालन गर्ने बताए । वार्षिक योजनाअनुसार युवा उद्यमीको क्षमता विकाससंगै समुदाय केन्द्रित रचनात्मक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिए ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका संस्थापक तथा उद्योगपति विनोद चौधरी, प्रतिनिधि सभा सदस्य डा. लेखजंग थापा, प्रतिनिधि सभा सदस्य सुलभ खरेल, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ, नेपाल उद्योग परिसंघका बोर्ड सदस्य प्राची अग्रवाल, सीएनआईवाईईएफका केन्द्रीय अध्यक्ष सुगम घिमिरे, सीएनआई लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलमले प्रविधि, युवा र पर्यटनलाई आर्थिक विकासको आधार बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष राजन कसजुले आफ्नो कार्यकालमा भएका कार्यक्रम तथा त्यसबाट युवा उद्यमी र समुदायमा परेको प्रभावबारे जानकारी गराएका थिए । । निर्देशक अभिनव थापाले युवालाई संगठित गर्ने, नयाँ प्रविधि सिक्ने, उद्योग भ्रमणमार्फत अनुभव हासिल गर्ने तथा नीतिगत विषयमा छलफल गर्ने कार्यलाई मञ्चले प्राथमिकता दिएको बताए ।