प्रतिकुल मौसमका कारण कांग्रेस रूपन्देहीको निर्वाचन तालिका फेरबदल



भैरहवा– प्रतिकुल मौसमको असर नेपाली काँंग्रेसको १५ औँ महाधिवेशनमा पनि देखिएको छ । महाधिवेशन अन्तर्गत रुपन्देहीमा तय गरिएको निर्वाचन कार्यक्रम फेरबदल गरिएको छ ।
जिल्ला निर्वाचन समितिले असोज १० गतेका लागि तय गरेको निर्वाचन कार्यक्रम लगातारको वर्षाका कारण एक दिन पछि सारिएको जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशभर केही दिन भारी वर्षा भई जनजीवन प्रभावित हुन सक्ने सम्भावनाको सूचना जारी गरेको तथा कांग्रेस केन्द्रीय निर्वाचन समितिको असोज ८ गतेको प्रेस विज्ञप्तिसमेतका आधारमा निर्वाचन कार्यतालिका फेरबदल गरिएको जिल्ला निर्वाचन समितिका संयोजक अधिवक्ता रामचन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नयाँ कार्यतालिकाअनुसार कांग्रेस रुपन्देहीको प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज ११ गते र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १३ गते हुने भएको छ ।








प्रतिकृया दिनुहोस्