वर्षाको चेतावनीपछि बुटवलका विद्यालय दुई दिन बन्द



भैरहवा– मौसम विभागले लुम्बिनीका प्रदेशका जिल्लामा भारी वर्षाको चेतावनी दिएपछि बुटवल उपमहानगरले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । भारी वर्षापछि सम्भावित बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै क्षति न्यूनिकरणका लागि यस्तो निर्णय गरिएको उपमहानगरले जनाएको छ ।
बुटवल उपमहानगरपालिकाले बिहीबार नगर क्षेत्रका सबै विद्यालयमा पठनपाठन स्थगन गर्ने निर्णय गरेको छ । उपमहानगरपालिका अन्तर्गत शिक्षा शाखाले सूचना प्रकाशित गरेर असोज ८ गते सामुदायिक तथा संस्थागत विद्यालयका दिवा सत्रका कक्षा बन्द रहने जनाएको छ । असोज ९ गते शुक्रबार भने बिहानी र दिवा दुवै सत्रका कक्षा बन्द रहने शिक्षा शाखाले जनाएको छ ।
बाढी तथा प्राकृतिक विपद्को जोखिमयुक्त समयमा बालबालिकालाई सुरक्षित राख्न, खोला किनार तथा जोखिमपूर्ण क्षेत्रमा जान नदिन र उच्च सतर्कता अपनाउन उपमहानगरपालिकाले अभिभावक तथा विद्यालय परिवारलाई आग्रह गरेको छ ।








प्रतिकृया दिनुहोस्