October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

सिद्धार्थनगर सभापतिमा देवराज न्यौपानेको प्यानलै विजयी

Advertisement

भैरहवा– नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत बुधबार राति सम्पन्न सिद्धार्थनगर नगरपालिका नगर कार्यसमितिको निर्वाचनमा देवराज न्यौपानेको प्यानल बिजयी भएको छ । यसअघि कार्यबाहक सभापति रहेका न्यौपाने सभापतिमा बिजयी भएका हुन् । न्यौपाने र उनका प्रतिस्पर्धी सञ्जिव शर्मा रेग्मीबीच मत गणनाको अन्तिमसम्म कडा टक्कर भएको थियो ।

Advertisement

न्यौपानेले रेग्मीलाई थोरै मतान्तरले पराजित गरेका हुन् । कुल ३ सय १८ सदर मतमा न्यौपानेले १ सय ५९ मत प्राप्त गरेका थिए । रेग्मीले १ सय ५० मत प्राप्त गरेका हुन् । नगर कार्यसमितिको नेतृत्वका लागि न्यौपाने र रेग्मीले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दिएका थिए । न्यौपानेलाई जिल्ला सभापति रामकृष्ण खाणको समर्थन थियो । भने रेग्मीलाई केन्द्रिय सदस्य भरतकुमार शाहको समर्थन रहेको थियो ।

न्यौपानेको प्यानलबाट उपसभापतिमा गौरव श्रेष्ठ, महिला उपसभापतिमा निलु श्रीस मगर, सचिवमा धर्मबीर शर्मा र सह–सचिवमा दिनेश केवट निर्वाचित भएका हुन् । श्रेष्ठले १ सय ७४, मगरले १ सय ६२, शर्माले १ सय ६७ र केवटले १ सय ६५ मत प्राप्त गरेका थिए । रेग्मीको प्यानलबाट उपसभापति उम्मेदवार अनिल केसीले १ सय ३२, उपसभापति (महिला) लक्ष्मी अर्यालले १ सय ४६, सचिव पंकज उदासले १ सय ४०, सह–सचिव राममिलन यादवले १ सय ३९ मत प्राप्त गरेका थिए ।

सदस्य (खुल्ला) तर्फ सिद्धार्थनगर–१ बाट माधव शर्मा १ सय ६७ मतका साथ विजयी हुँदा उनका प्रतिष्पर्धी खगनाथ गैरैले १ सय ३० मत प्राप्त गरेका थिए । सदस्य महिला (तर्फ) सिद्धार्थनगर–६ बाट सीतादेवी थारु १ सय ६० मतसहित विजयी हुँदा उनकी प्रतिष्पर्धी उर्मिला कुमारी शर्माले १ सय ३६ मत प्राप्त गरेका थिए । अन्य वडाबाट सदस्य, युवा तथा दलिततर्फ सदस्यका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका थिए ।