October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

३५ जना विद्यार्थीलाई निःशुल्क शैक्षिक सामग्री वितरण

Advertisement

भैरहवा–नेपाल बाल कल्याण संस्था सिद्धार्थनगरले रुपन्देहीको गैडहवा गाउँपालिका–८ स्थित हसनापुर माध्यमिक विद्यालयमा अध्ययनरत ३५ जना छात्रछात्रालाई निःशुल्क शैक्षिक सामग्री वितरण गरेको छ।

Advertisement

संस्थाले विद्यालयको शिशु कक्षादेखि कक्षा १० सम्म अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराएको हो । नेपाल बाल कल्याण संस्थाकी कार्यक्रम संयोजक सुलजा रामदामले आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीलाई अध्ययनमा सहयोग पु¥याउने उद्देश्यले सामग्री वितरण गरिएको बताइन् ।

विद्यालय आसपासको क्षेत्रमा न्यून आर्थिक अवस्था भएका तथा सुकुम्बासी बस्तीमा बसोबास गर्ने परिवारका विद्यार्थीको संख्या उल्लेख्य रहेकाले उनीहरूको शैक्षिक आवश्यकतालाई ध्यानमा राखेर सहयोग गरिएको बाल कल्याण संस्थाले जनाएको छ ।

शैक्षिक सामग्री पाएपछि विद्यार्थीलाई पढाइमा आवश्यक पर्ने सामग्रीको अभाव कम हुनुका साथै नियमित अध्ययनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ । उक्त संस्थाले आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गर्दै रुपन्देहीका विभिन्न बिद्यालयको शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।

विद्यालयका विद्यार्थीलाई गरिएको यस सहयोगले कमजोर आर्थिक अवस्थाका परिवारलाई आफ्ना बालबालिकाको शिक्षामा हुने खर्च व्यवस्थापन गर्नसमेत केही राहत पुग्ने विश्वास सँस्थाका अध्यक्ष धर्मबहादुर खड्काले जनाए ।