October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

मानसिक उपचारका लागि ‘क्लिनिक’ सञ्चालनमा

Advertisement

भैरहवा—मानसिक स्वास्थ्यसम्बन्धी समस्याको उपचारका लागि सिद्धार्थनगर नगरपालिका–१२, भैरहवाको कालिकापथमा ‘ब्रेन एन्ड माइन्ड क्लिनिक’ सञ्चालनमा आएको छ। शुक्रबार सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमदले क्लिनिकको उद्घाटन गरे ।

Advertisement

क्लिनिकमा विभिन्न खालका मानसिक स्वास्थ्यसम्बन्धी समस्याको उपचार तथा व्यवस्थापनसँगै मनोपरामर्श सेवा प्रदान गरिने न्युरो तथा मनोचिकित्सक नसिम अकरमले बताए । उनका अनुसार क्लिनिकमा बालबालिका तथा किशोर–किशोरीको मानसिक स्वास्थ्य सेवा, तनाव तथा चिन्ता व्यवस्थापन, ध्यान व्यवस्थापन, नशालु पदार्थको सेवन तथा दुव्र्यसनसम्बन्धी उपचारलगायतका सेवा उपलब्ध हुनेछन् ।

नगरप्रमुख अहमदले मानिसको मस्तिष्क तनावमुक्त र स्वस्थ हुनुपर्ने बताए । मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्यजत्तिकै महत्वपूर्ण भएकाले मानसिक समस्यालाई लुकाउनुभन्दा समयमै उपचार तथा परामर्श लिनुपर्ने उनको भनाइ थियो ।

क्लिनिकका सञ्चालक रोशन गुप्ताले क्लिनिक सञ्चालनको अवसरमा दुई दिनसम्म सुगर र कोलेस्टेरोलको ल्याब परीक्षण निःशुल्क गरिने जानकारी दिए । मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका व्यक्ति तथा बालबालिकालाई आवश्यक परामर्श, उपचार र व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले क्लिनिक सञ्चालनमा ल्याइएको गुप्ताले बताए ।

पछिल्लो समय मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गइरहेको अवस्थामा स्थानीयस्तरमै विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले क्लिनिक सञ्चालनमा ल्याइएको जनाइएको छ ।