बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद



रुपन्देही– रुपन्देही प्रहरीले अवैध भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाको कञ्चन गाउँपालिका–५ स्थित लुम्बिनी साझेदारी सामुदायिक वनको झाडीबाट प्रहरीले बेवारिसे अवस्थामा उक्त अवैध भरुवा बन्दुक बरामद गरेको हो ।
सोमबार राति करिब इलाका प्रहरी कार्यालय, रुद्रपुर, रुपन्देहीबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्ने क्रममा उक्त बन्दुक फेला पारेको हो ।
प्रहरी टोलीले कञ्चन गाउँपालिका–५ स्थित बिटालु चोकदेखि घनश्याम चोकतर्फ गस्ती गर्दै जाने क्रममा सोही ठाउँको लुम्बिनी साझेदारी सामुदायिक वनको झाडीमा लुकाईछिपाई राखेको अवस्थामा ४ फिट ३ इन्च लम्बाइ भएको भरुवा १ नाल बन्दुक फेला पारेको थियो।
प्रहरीले उक्त बन्दुक कानुनबमोजिम बरामद गरी घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य जारी राखेको जनाएको छ ।








प्रतिकृया दिनुहोस्