October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

बाणगंगामा बगेका बुद्धको शव भारतमा फेला पर्यो

Advertisement

कपिलवस्तु–बाणगंगा नदीमा आएको बाढीले बगाएर बेपत्ता भएका कपिलवस्तुको बाणगंगा नगरपालिका–८ का १० वर्षीय बुद्ध लामाको शव भारतमा फेला परेको छ ।

Advertisement

शनिबार दिउँसो बाणगंगा नदीमा आएको अचानकको बाढीले बगाएर बेपत्ता भएका लामाको शव नेपाल–भारत सीमाबाट करिब दुई किलोमिटर दक्षिण भारतको सिद्धार्थनगर जिल्लाअन्तर्गत सौरतगढ थाना क्षेत्रमा पर्ने बगुलाहा खोलाको किनारमा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहले भारतीय प्रहरीसँगको समन्वयमा शव फेला परेको जानकारी नेपाल प्रहरीलाई प्राप्त भएको जनाए । आफन्तले शव बुद्ध लामाकै भएको पहिचान गरेका थिए ।

दाजु रिदम लामासँग बाणगंगा नगरपालिका–४ स्थित बाणगंगा नदीमा पौडी खेल्न तथा माछा मार्न गएका थिए । नदीको बीचमा रहेको टापुजस्तो स्थानमा रहेका बेला अचानक बाढी आएपछि दुवै जना बाढीमा फसेका थिए ।

उद्धारका लागि खटिएको सशस्त्र प्रहरी २८ नम्बर गण पिपराको विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले रिदमलाई सकुशल उद्धार गरेको थियो । तर, बुद्ध भने फेला परेका थिएनन् । उनको शव कानुनी प्रकृया पुरा गरि नेपाल ल्याइएको छ ।