October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

लुम्बिनी प्रदेशमा हरितालिका तीजमा सार्वजनिक बिदा

Advertisement

दाङ– लुम्बिनी प्रदेश सरकारले हरितालिका तीजको अवसरमा सार्वजनिक बिदा दिएको छ छ । प्रदेश सरकारको आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालयले भदौ २९ गते सोमबार हरितालिका तीजका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको सूचना मार्फत् जनाएको हो ।

Advertisement

प्रदेश राजपत्र भाग–३, खण्ड ९, संख्या १७ मा २०८२ साल चैत २३ गते प्रकाशित सूचनाबमोजिम तीजका दिन सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

मन्त्रालयका उपसचिव प्रेमप्रसाद आचार्यद्वारा जारी सूचनामार्फत प्रदेश सरकारअन्तर्गतका कार्यालय तथा सम्बन्धित सबैलाई बिदाबारे जानकारी गराइएको छ । यससँगै भदौ २९ गते सोमबार लुम्बिनी प्रदेशका सरकारी तथा सार्वजनिक कार्यालयहरू बन्द रहने छन् ।