बाँकेमा होटल व्यवसायमा १२ अर्ब लगानी



बाँके– बाँकेको नेपालगन्जमा सुविधा सम्पन्न होटल सञ्चालन भइरहेका छन् । केही होटल थपिने क्रममा छन् । सिमावर्ती सहरमा भारतबाट क्यासिनो खेल्न र स्पा गराउन आउनेका कारण होटल भरीभराउ हुन्छन् ।
नेपालगन्जमा भारतको उत्तराखण्ड, बहराइच, लखनउ, कानपुर, गोन्डा लगायत सहरबाट क्यासिनो खेल्न पर्यटन आउने गरेको होटल संघ लुम्बिनीका सदस्य गिरिराज पाण्डेले बताए । नाकाबाट ४ किलोमिटर दूरीमा रहेको डायमण्डमा क्यासिनो खेल्ने भारतीय धेरै हुन्छन् । नेपालगन्जको प्रतिष्ठित होटल सोल्टी वेस्टेन्ड प्रिमियरकासेल्स म्यानेजर प्रतीक श्रेष्ठका अनुसार क्यासीनो खेल्ने भारतीयसँगै ट्रेकिङका लागि विदेशी आइरहेका छन् ।
‘वेडिङका लागि आउँछन्,’ उनले भने, ‘कर्पोरेट र संघसंस्थाका कार्यक्रम धेरे हुन्छन् ।’ चार तारे डायमन्ड प्यालेस लड्र्स प्लाजामा क्यासिनो र स्पा सुविधा छ । डायमन्डका सेल्स म्यानेजर भोजराज शाहले होटलमा ९५ कोठा रहेको बताए । यहाँको सिद्धार्थ होटल अर्को आकर्षण हो । यहाँ पाँचतारे होटल पौवा निर्माणाधीन छ ।
सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीका क्षेत्रीय कार्यकारी निर्देशक केशव न्यौपानेलेका अनुसार मानसरोबर जाने यात्रुले नेपालगन्जका होटल भरिभराउ छन् । मानसरोवर, लुम्बिीनी, पशुपति दर्शनका लागि भारतीय आउने गरेको उनले बताए । भारतीय र आन्तरिक पर्यटकको आकर्षण बन्दै गएको बाँकेमा साना र ठूला ३ हजार होटल सञ्चालनमा छन् । अहिलेसम्म १२ अर्ब लगानी भइसकेको होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीमलाल कँडेलले बताए ।








प्रतिकृया दिनुहोस्