September 4, 2026, Friday
२०८३ भाद्र १९ शुक्रबार

नवलपरासी पश्चिममा तीन दिनमा ५७ शव र २५ वटा अंग फेला

Advertisement

भैरहवा– नवलपरासी पश्चिमको नारायणी नदी किनार तथा आसपासका क्षेत्रमा बाढीले बगाएर ल्याएका ५७ वटा शव र शरीरका २५ वटा अंग फेला परेका छन् ।

Advertisement

आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालय लुम्बिनी प्रदेश अन्तर्गतको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार भदौ १३ गते राति १० बजेसम्म ती शव तथा अंग फेला परेका हुन् ।

मन्त्रालयका अनुसार भदौ ११ गते २७ वटा शव र एक वटा शरीरको अंग फेला परेको थियो । तीमध्ये आठ महिला, १६ पुरुष, एक बालक र दुई बालिकाको शव छन् । भदौ १२ गते सात वटा शव र १२ वटा शरीरका अंग गरी १९ वटा फेला परेका थिए ।

त्यस्तै, भदौ १३ गते २० वटा शव र १५ वटा शरीरका अंग फेला परेका छन् । तीमध्ये पाँच महिला, १३ पुरुष, एक बालक र एक बालिकाको शव छन् । भदौ १४ गते ३ जनाको शव फेला परेको छ ।