June 17, 2026, Wednesday
२०८३ असार ४ बिहीबार

अर्घाखाँचीको विद्यालयमा रोटरी सेन्ट्रल लुम्बिनीको सहयोग

Advertisement

अर्घाखाँची– रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी, भैरहवाले स्थानीय समुदायसँग जोडिँदै सेवामूलक कार्यक्रमलाई निरन्तरता दिएको छ । यसपटक रोटरी क्लब तथा भुवनेश्वर–उमा भण्डारी अक्षय कोषको संयुक्त आयोजनामा अर्घाखाँचीको शीतगंगा नगरपालिकास्थित श्री दरवारे आधारभूत विद्यालयका एक सयजना विद्यार्थीहरुलाईस्कूल ब्याग (झोला) तथा शैक्षिक सामाग्री वितरण गरेएको छ ।

Advertisement

रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष विष्णु शर्माले विद्यार्थीहरूको शैक्षिक गतिविधिलाई सहज र प्रभावकारी बनाउन रोटरीको ‘हप्पी स्कूल गरियोजना’ अन्तर्गत विद्यालय झोला र शैक्षिक सामाग्री वितरण गरिएको जानकारी दिए ।

अध्यक्ष शर्माले शिक्षा नै समाज परिवर्तनको आधार भएकाले विद्यार्थीहरूको अध्ययनलाई प्रोत्साहन गर्ने उद्देश्यले आकर्षक विद्यालय झोला वितरण गरिएको बताए । उनले आगामी दिनमा पनि क्लबले शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा निरन्तर सेवामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

विद्यालयले सहयोगी संस्था तथा व्यक्तिहरूप्रति धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूमा थप उत्साह र हौसला प्रदान गरेको जनाएको छ । कार्यक्रममा रोटेरियनहरु विक्रम मल्ल, गोपाल शर्मा, उपेन्द्र यादव, राम थापा, टेकराज पाण्डे, सन्तोष कहाँर, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा अन्य स्थानीय सरोकारवालाहरूले बोल्दै शिक्षा क्षेत्रमा यस्ता सहयोगमूलक कार्यक्रम निरन्तरतर हुनुपर्नेमा जोड दिए ।

कार्यक्रमका लागि निम पौडेल लीला पौडेल तथा भुवनेश्वर–उमा भण्डारी अक्षय कोषको महत्वपूर्ण योगदान रहेको क्लबले जनाएको छ । कार्यक्रममा अक्षय कोषका दाता स्वर्गीय भुवनेश्वर भण्डारीका नातिहरू आरुष भण्डारी, आयुष सापकोटा तथा ऋषित खनालको पनि उपस्थिति थियो । उनीहरूले आफ्ना हजुरबुवाले स्थापना गरेको शिक्षा मित्र अक्षय कोषमार्फत आफूहरू आफ्नो पुख्र्यौली गाउँ तथा समुदायसँग जोडिन पाएकोमा खुसी व्यक्त गरेका थिए । साथै, शिक्षा क्षेत्रमा निरन्तर योगदान पुर्याउने हजुरबुवाको प्रेरणादायी कार्यलाई आगामी पुस्ताले पनि निरन्तरता दिने प्रतिबद्धता उनीहरुले व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन रोटेरियन बाशु बडालले गरेका थिए भने भुवनेश्वर–उमा भण्डारी अक्षय कोषका संरक्षक रोटेरियन गंगाधर भण्डारीको विशेष सहयोग रहेको थियो ।