भारतबाट उद्धार गरिएकामध्ये पाँचजनाविरुद्ध ठगी मुद्दामा अनुसन्धान


भैरहवा– भारतको उत्तर प्रदेशस्थित कुशीनगरबाट गत शनिबार उद्धार गरिएका ४ सय ५३ जना नेपालीहरु मध्ये ठगीको घटनामा रुपन्देही प्रहरीले पाँचजनाको संलग्नता देखिएको भन्दै कानुनी प्रक्रिया अघि बढाएको छ ।
प्रारम्भिक सोधपुछ तथा अनुसन्धानका क्रममा उनीहरुको संलग्नता देखिएको भन्दै रुपन्देही प्रहरीले ठगी मुद्दामा कारवाही प्रक्रिया अघि बढाएको हो । उनीहरुमाथि रुपन्देही जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त सूचना अधिकृत दिनेश कुँवरले जानकारी दिए ।
उनका अनुसार, डोटी जिल्ला शिखर नगरपालिका बस्ने २३ वर्षीय सिताराम बोहरा, ओखलढुङ्गा चम्पादेवी गाउँपालिकाका ३० वर्षीय अनिल बुढाथोकी, रोल्पा मुड्केचुला गाउँपालिकाका २३ वर्षीय अमनलाल बुढा, डोल्पा ठुलिभेरी नगरपालिका बस्ने २१ वर्षीय दिनेश बुढा र नवलपुर जिल्ला कावासोती नगरपालिका बस्ने ४५ वर्षीय कमल गिरीमाथि ठगीको अभियोगमा कारवाही अघि बढाइएको हो ।
उद्धार गरिएका नेपाली नागरिकले आफूहरूलाई आकर्षक रोजगारीको प्रलोभन देखाई भारतका विभिन्न स्थानमा पुर्याइएको, तर सम्झौताअनुसार काम तथा सुविधा नपाएको गुनासो गरेका छन् ।








प्रतिकृया दिनुहोस्