August 16, 2026, Sunday
२०८३ श्रावण ३१ आईतवार

मर्यादपुर बिओपीद्वारा वैशाखमा १० लाखका अबैध समान बरामद

Advertisement

कपिलवस्तु–जिल्लास्थित सशस्त्र प्रहरी बल मर्यादपुर बोर्डर आउट पोष्ट (बीओपी)ले सीमा नाका हुँदै अवैध रुपमा नेपाल भित्राइएका १० लाख भन्दा बढी मूल्यका समान बरामद गरेको छ । बैशाख महिनाभरि चोरी तस्करी गरेर भित्राइएका सामग्री बरामद गरि भन्सार बुझाइएको हो ।

Advertisement

भारतसंग जोडिएका सीमावर्ती क्षेत्रमा हुने अवैध चोरी तस्करी तथा भन्सार छली नियन्त्रण अभियानलाई तीव्र बनाउदै सशस्त्र प्रहरीले खाद्यान्न, लत्ता कपडा, हार्डवेयर, ईलेक्ट्रिक, फलफुल र किराना लगायतका सामान बरामद गरेको हो । सीमा क्षेत्रमा कडा जाँच गर्दै गस्ती र आकस्मिक चेकिङले एक महिना नपुग्दै उक्त परिणामका सामग्री बरामद गरिएको डंगरी बिओपीका प्रमुख सशस्त्र निरीक्षक हरित बडुवालले बताए ।

बरामद सामाग्री सुठौली भन्सार कार्यालय बुझाइएको थियो । साढे ४ महिनामा साढे २३ लाख भन्दा बढीका भन्सार छली भित्राइएका अवैध समान बरामद गरेर भन्सार बुझाएको उनले बताए । सीमा क्षेत्रमा पछिल्लो समय अवैध आयात तथा राजस्व छलीका गतिविधि बढ्दै गएपछि सशस्त्र प्रहरीले थप निगरानी बढाएको जनाएको हो ।

विशेषगरी रातिको समयमा विभिन्न नाका प्रयोग गरी अवैध सामान भित्राउने हुँदा गस्ती तथा चेकिङलाई प्रभावकारी बनाइएको बडुवालले बताए । सशस्त्रले आगामी दिनमा सीमा क्षेत्रमा निगरानी अझ प्रभावकारी बनाउँदै अवैध चोरी तस्करी नियन्त्रण अभियानलाई निरन्तरता दिने जनाएको छ ।