August 14, 2026, Friday
२०८३ श्रावण २९ शुक्रबार

नीति तथा कार्यक्रमः लुम्बिनी र गौतमबुद्ध विमानस्थल समेटिए

Advertisement

भैरहवा– संघीय सरकारले आगामी आर्थिक वर्ष २०८३–२०८४ मा बुद्ध जन्मस्थल लुम्बिनीको प्रवर्द्धन गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा तीर्थ कूटनीतिमार्फत नेपालका मुख्य धार्मिक क्षेत्रको पर्यटन प्रवद्र्धन गरिने उल्लेख छ ।

Advertisement

यस्तो घोषणामा बुद्ध जन्मस्थल लुम्बिनी पनि समेटिएको छ । यस्तै, सरकारको नीति तथा कार्यक्रममा भैरहवास्थित गौतमकबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा पहल गर्ने जनाइएको छ । सरकारले कुटनीति पहल र हवाई कम्पनीहरुलाई आकर्षित गरी विमास्थल संचालनमा जोड दिइएको छ ।

नीति तथा कार्यक्रममा रुपन्देही मात्रै नभई मुलुककै आर्थिक विकासका मेरुदण्ड मानिएका दुई क्षेत्रलाई समेटेको सरकारले बजेट बक्तव्यमा कसरी समेट्छ भन्ने बजेट आएपछि यथार्थ बाहिर आउनेछ ।

सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नत्रेप्रसाद आचार्यले नीति तथा कार्यक्रममा समेटिए पनि बजेटमा यी दुई ठाउँ समेटिनु पर्ने बताउँछन् । निजी क्षेत्रले विमानस्थललाई लक्षित गरेर ठूलो लगानी गरेको छ । यस्तै, अझै पनि लुम्बिनीको अन्तर्राष्ट्रिय जगतमा प्रवर्द्धन हुन सकेको छैन । यी दुई ठाउँ चलायमान हुँदा रुपन्देही र लुम्बिनी प्रदेशमै मुहार बदलिने व्यवसायी बताउँछन् ।

सरकारले धार्मिक, सांस्कृतिक, आरोग्य, अध्ययन, चलचित्र आध्यात्मिक तथा अवकाश पर्यटनको उदाउँदो गन्तव्यका रूपमा विकास गरिने विषयलाई पनि नीति तथा कार्यक्रमले प्राथमिकताका साथ उल्लेख गरेको छ ।

समुदायद्वारा सञ्चालित घरबास (होमस्टे), स्थानीय कला, संस्कृति र परम्परालाई पर्यटनसँग जोड्दै सीमान्तकृत तथा दलित समुदायको आयआर्जन वृद्धिका लागि रोजगारी प्रवद्र्धन गरिने जनाएको छ ।

जीवित सङ्ग्रहालयको अवधारणालाई कार्यान्वयन गर्दै कम्तीमा पाँच हजार नयाँ होमस्टेलाई ‘नेपाल होमस्टे’ ब्रान्डिङसहित बुकिङ प्लेटफर्मसँग आबद्ध गरिने भएको नीति तथा कार्यक्रममा उल्लेख छ । लुम्बिनी क्षेत्रमा होमस्टे संचालन हुँदा पर्यटन भुल्ने विश्वास गरिएको छ । अहिले लुम्बिनीमा पर्यटकको बसाईं न्युन छ । आध्यात्मिक गतिविधि बढाउँदा र लुम्बिनी प्रबद्र्धन अन्तर्राष्ट्रिय जगतमा गर्दा पर्यटक बृद्धि हुने र अन्ततः यसबाट निजी र सरकारी दुबै क्षेत्रलाई फाइदा पुग्ने विश्वास गरिएको छ ।