युवा उद्योगी सुरज उप्रेती महासंघको केन्द्रीय कार्यकारिणी सदस्य निर्वाचित



भैरहवा– युवा उद्योगी इन्जिनियर सुरज उप्रेती नेपाल उद्योग बाणिज्य महासंघको एसोसिएटतर्फ केन्द्रीय कार्यकारिणी समिति सदस्यमा निर्वाचित भएका छन् । उप्रेतीले ९ सय ७ मत प्राप्त गरी महासंघको एसोसिएटतर्फ केन्द्रीय कार्यकारिणी सदस्य निर्वाचित भएका हुन् ।
उप्रेती रुपन्देहीमा रियल स्टेट, होटल, बैंक तथा बित्तीय संस्था, शिक्षण संस्था, स्वास्थ्य संस्था, खाद्यन्न र स्टील लगायतका उद्योग सक्रिय छन् । उनी रुपन्देही घरजग्गा व्यवसायी संघका अध्यक्ष तसमेत हुन् । उनी नेपाल इन्जिनियर एशोसिएसन लुम्बिनी प्रदेशमा समेत रहेर संस्थागत र व्यवसायिक हीतमा काम गर्दै आएका छन् ।
युवाहरुमाझ लोकप्रिय उप्रेतीले युवा उद्यमीहरुको संस्थागत विकास, नीतिगत सुधार, उद्योगी व्यवसायीहरुको हकहित, साना तथा मझौला उद्योगहरुको संरक्षण सम्वद्र्धन एवं युवा उद्यमीहलाई प्रोत्साहन र उद्यमशिलता विकासका कार्यक्रमलाई प्राथमिकता दिँदै काम गर्दै आएका छन् ।
उनले संचालन गरेका प्रतिष्ठानमा हजार बढी जनशक्ति रोजगाररत छन् । सानै उमेरमा व्यवसायिक छलांग मारेमा उप्रेतीले समाजिक क्षेत्रमा समेत लामो समयदेखि योगदान दिँदै आएका छन् ।








प्रतिकृया दिनुहोस्