November 14, 2026, Saturday
२०८३ कार्तिक २८ शनिबार

टिप्पर दुर्घटनामा अर्घाखाँचीका २ जनासहित ४ जनाको मृत्यु

Advertisement

पाल्पा– पाल्पामा भएको टिप्पर दुर्घटनामा परि अर्घाखाँचीको शितगंगा ४ का २ जना सहित ४ जनाको मृत्यु भएको छ । शनिवार साँझ पाल्पाको माथागढीस्थित चुनढुङ्गा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिप्पर दुर्घटना भएको हो ।

Advertisement

दुर्घटनामा अर्घाखाँची शितगंगा ४ का २६ वर्षीय टिप्पर चालक चिन्ताबहादुर सुनार, सोही ठाउँका २७ वर्षीय सुनिल बिक, रूपन्देहीको देवदह–२ का २६ वर्षीय सुनिल नेपाली र पाल्पा तानसेन–१०, पटुवाका ३३ वर्षीय राजन चिदीको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका राजन चिदीको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा गएराति नै मृत्यु भएको हो । गाडी बनाउन भन्दै फरक फरक गाडिका ३ जना चालक सहित चढेको टिप्परको एक्कासी ब्रेक फेल भई माथिल्लो सडकबाट करिब ५० मिटर तल्लो सडकमा खसी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृतक राजन चिदीको सवलाई जिल्ला अस्पताल तानसेनमा ल्याईएको छ भने अन्य ३ जनाको सवलाई मेडिकल कलेज प्रभास पाल्पामा पोष्टमार्टमका लागि राखिएको पाल्पा प्रहरीले जनाएको छ ।