June 6, 2026, Saturday
२०८३ जेष्ठ २४ आईतवार

उच्च अदालत बुटवलमा रवि र छविको मुद्दाको पेसी तोकियो

Advertisement

बुटवल– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज पेसी तोकिएको छ । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा उनीहरु थुनामा छन् ।

Advertisement

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ मा उनलाई रिहा गर्न अस्वीकार गरेको थियो । जिल्लाको आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालत बुटवल इजलासमा निवेदन दर्ता गराएका थिए ।

गत हप्ता मुद्दाको मूल मिसिल झिकाउन लागि उच्च अदालत तुलसीपुर बुटवलका न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले आदेश दिएको थियो। मिसिल आएकोले आज पेसी चढाएको उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।

अदालतले लामिछाने र जोशीको मुद्दा एकै साथ हेर्न यस अघि नै आदेश दिएको थियो । आज पेसी तोकिएपछि लामिछाने र जोशीका कानुन व्यावसायीहरु बहसमा को–को सहभागी हुने भन्नेमा छलफलमा छन् । सबै मिसिल आइसकेकाले उनीहरुको मुद्दामा आज थुनामै रहने वा थुना बाहिर बसेर मुद्दा लड्ने भन्नेबारे आदेश आउन सक्ने जनाइएको छ ।