रेसुंगा नगरपालिकाको मेयरमा कांग्रेसका पन्थी निर्वाचित


गुल्मी- रेसुङ्गा नगरपालिका गुल्मीको नगर प्रमुखमा नेपाली कांग्रेसका खिलध्वज पन्थी निर्वाचित भएका छन् । पन्थीले आठ हजार ६१४ मत ल्याएर नगरप्रमुखमा निर्वाचित भएका हुन् । उनी कांग्रेस गुल्मीका सभापति पनि हुन् ।
उपप्रमुख नेपाली कांग्रेसकै अमृतादेवी कुवँरले आठ हजार १९ मत ल्याएर उपप्रमुख निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नगर प्रमुखका उम्मेदवार नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डेयले ७ हजार ३२० मत ल्याए । उपप्रमुखमा एमाले उम्मेदवार रीता पाण्डेले ७ हजार २ सय ३१ मत ल्याइन् । नगरपालिकामा २३ हजार ५३१ जना मतदाता रहेकोमा १६ हजार २३९ जनाले मतदान गरेका थिए । रेसुङ्गा नगरपालिकाका १० वटामा नेपाली कांग्रेसका र ४ वटा वडामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसबाट रेसुङ्गा नगरपालिका वडा नं. २ मा नेपाली कांग्रेसका हिराबहादुर थापा, ३ मा बाबुराम खत्री, ४ मा लिलाधर आचार्य, ५ मा दुर्गा प्रसाद खनाल, ७ मा रामजी पन्थी, ९ मा कृष्णप्रसाद पाण्डे र १० मा रामबहादुर बस्नेत, १२ मा चेहरसिंह टन्डन, १३ मा हुमबहादुर बस्नेत, १४ धनबहादुर पुन निर्वाचित भएका छन् ।
नेकपा एमालेका तर्फबाट रेसुङ्गा १ मा रामप्रसाद पन्थी, ६ मा गनबहादुर गुरुङ र ८ मा निरञ्जन थापा काउछा, ११ मा खुमबहाादुर राना विजयी भएका छन् । ०७४ सालमा सम्पन्न निर्वाचनमा नेकपा एमालेले नगरप्रमुख, उपप्रमुख र ६ वटा वडामा वडाअध्यक्ष जितेको थियो ।
प्रतिकृया दिनुहोस्