कोरोनाविरुद्ध खोपको प्रभावकारिताका केही प्रमाणहरु


वैज्ञानिकहरुले कोरोना भाइरसविरुद्धको खोप विकास गर्नका लागि प्रयास गर्दैगर्दा कम्तीमा ५० प्रतिशत प्रभावकारिता भएको खोप लक्ष्य बनाएका थिए।
कम्तीमा ५० प्रतिशत प्रभावकारिता भएको खोपले महामारीमाथि केही नियन्त्रण कायम गर्न सहयोग गर्ने विश्वास वैज्ञानिकको थियो र त्यसपछि महामारीबाट बाहिर निस्कने विकल्पहरुको खोजीका लागि सहयोग पुग्ने ठानिएको थियो।
तर परीक्षणहरु हुँदै जाँदा खोपको प्रभावकारिता ५० प्रतिशत मात्रै होइन त्यो भन्दा धेरै देखियो, वैज्ञानिकहरु उत्साहित भए। फाइजर, मोदेर्ना, अक्सफोर्ड–एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सनसहितका खोपको प्रभावकारिता ५० प्रतिशतबाट माथि ९७ प्रतिशतसम्म र त्यो भन्दा बढि देखिएको छ।
कुनै पनि खोप पूर्णरुपमा प्रभावकारी हुँदैनन्। कोरोना भाइरसविरुद्धको केही खोपहरु झण्डै शतप्रतिशतसम्म प्रभावकारी देखिएका छन्। यसको प्रभाव हामीले देख्न थालिसकेका छौँ।
अहिले विश्वका अधिकांश देशमा तीव्र वा सुस्त गतिमा खोप अभियान जारी छ। विशेष गरि धनी देशहरुले खोप अभियान तीव्र रुपमा चलाएका छन्। त्यहाँ यसको प्रभाव पनि राम्रोसँग देखिन थालेको छ। खोप अभियान तीव्र बन्दै जाँदा अमेरिकासहितका देशमा संक्रमणदर निकै कम हुँदै गएको छ।
यस्तै खोप अभियान तीव्र हुँदै जाँदा र मानिसहरुले खोपको पहिलो तथा दोस्रो मात्रा लगाउने क्रम बढ्दो क्रममा रहँदा कोरोना भाइरसबाट संक्रमित भई गम्भीर बिरामी परेर अस्पताल भर्ना हुनु पर्ने अवस्था कम भएको छ । यसैगरि मृत्युदर पनि कम भएको तथ्यांक खोप अभियान बिस्तारित रुपमा सञ्चालित भएका अमेरिका, इजरायलसहित युरोपका देशहरुको तथ्यांकले देखाएको छ।
खोप लगाउने वयश्कहरुको संख्या बढ्दै जाँदा अमेरिका तथा इजरायलसहितका देशमा बालबालिका तथा किशोरकिशोरीमा संक्रमणदर कम हुँदै गएको छ र यसको कारण खोप नै रहेको विज्ञले बताएका छन्।
यसैगरि कोरोना भाइरसबाट संक्रमितको सीधा सम्पर्कमा आएका धेरै व्यक्तिहरु वा कन्ट्याक ट्रेसिङ्गमा परेकाहरुमध्ये धेरैमा संक्रमण देखिएको छैन। यसलाई पनि खोपको प्रभावकारिताको अर्को उदहारणका रुपमा लिन सकिन्छ। यस्तै संक्रमण भएमा पनि खोप लगाएकाहरुमा अवस्था गम्भीर बनेको निकै कम पाइएको छ।
प्रतिकृया दिनुहोस्