November 7, 2026, Saturday
२०८३ कार्तिक २१ शनिबार

विश्व पर्यटन दिवसमा बेलहियामा रक्तदान तथा पर्यटक स्वागत

Advertisement

भैरहवा–४७औँ विश्व पर्यटन दिवसको अवसरमा नेपालको प्रमुख स्थलमार्ग प्रवेशद्वार बेलहियामा रक्तदान तथा पर्यटक स्वागत कार्यक्रम गरिएको छ ।

Advertisement

नेपाल एशोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट्स (नाट्टा) लुम्बिनी प्रदेशको आयोजनामा बेलहियास्थित पर्यटक सूचना केन्द्र परिसरमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटनमन्त्री तुलसीप्रसाद चौधरीले नेपाल पर्यटकका लागि सुरक्षित गन्तव्य रहेको बताए ।

मन्त्री चौधरीले लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलको भ्रमणलाई व्यवस्थित बनाउन पर्याप्त संख्यामा दक्ष टुरिस्ट गाइड तयार गर्ने योजना प्रदेश सरकारले अघि बढाइरहेको जनाए । उनले पर्यटकलाई लुम्बिनीमा मात्र सीमित नराखी प्रदेशका सबै जिल्लाका पर्यटकीय गन्तव्यसम्म पु¥याउने गरी पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिनेपनि बताए ।

नाट्टा लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रबहादुर थापा, पूर्वअध्यक्ष सागर अधिकारी, होटल संघ नेपालका केन्द्रीय पूर्वअध्यक्ष माधव नेपाल, पर्यटन विकास परिषद्की प्रमुख शारदा बस्याल र पर्यटन डिभिजन प्रमुख नेत्र भुसाललगायतले लुम्बिनी क्षेत्र पर्यटकका लागि सुरक्षित, व्यवस्थित र आकर्षक गन्तव्य रहेको बताएका थिए ।

पर्यटन व्यवसायी लक्की सिंह र रामचन्द्र थपलियाको संयोजकत्वमा सम्पन्न रक्तदान कार्यक्रममा २९ प्वाइन्ट रगत संकलन भएको आयोजकले जनाएको छ ।

विश्व पर्यटन दिवसकै अवसरमा आइतवार बेलहिया नाकाबाट सवैभन्दा पहिला नेपाल प्रवेश गरेका दुई जना भारतीय र दुई जना श्रीलङ्कन पर्यटकलाई सीमामै खादा ओढाएर स्वागत तथा सम्मान गरिएको थियो ।